नेप्सेमा आज ३९.४८ अंकको वृद्धि

२६ भदौ ८०, बुधबार

२७ भदौ ,काठमाडौँ ।
आज बुधबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा ३९.४८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्म निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।यसक्रममा आज नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको भने घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर कायम रहेको छ ।परिसूचकमा उत्साहजनक वृद्धि आउँदा वरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँ बढेर २४२ रुपैयाँ पुगेको छ ।

यसबाहेक, शुभव पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।परिसूचक बढेपनि थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने ८ प्रतिशतको गिरावट आएको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले घटेर ३१३ रुपैयाँ पुगेको छ ।

यस्तै आज एनआईसी एसिया बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।आज नेप्सेमा कारोबार भएका सबै समूहमा उत्साहजनक वृद्धि आएको छ ।

यसमध्ये जीवन बीमा समूहको सूचकमा २७३ अंकको सुधार आएको छ ।यसबाहेक, निर्जीवन बीमा समूहको सूचक २४० अंक, होटल एण्ड टुरिजम समूहको सूचक १५७ अंक र विकास बैंक समूहको सूचक १०६ अंकले बढेको छ ।यसबाहेक अन्य समूहको सूचकमा समेत उत्साहजनक वृद्धि आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top