विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने

२८ भदौ ८०, शुक्रबार

२९ भदौ ,विराटनगर।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । विराटनगरस्थित गोग्राहा माविले आयोजना गरेको सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले अध्ययन र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धी क्षमता वृद्धिसँगै गुणस्तरमा समेत सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि प्रतिफल अझै प्राप्त हुन नसकेको जिकिर गरे । उनले विद्यार्थीमा व्यवहारिक, सीपमूलक र नैतिक शिक्षाको जरुरी रहेको बताए । सामुदायिक विद्यालयहरुबीच नै गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

Advertisement

पछिल्लो समय केही सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएकै कारण अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै उनले भने, “सबै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउनुपर्छ । अनि मात्रै हामीले उत्पादन गरेका जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्री हुन सक्छन् । त्यसका लागि विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिनुपर्छ ।”

Advertisement

मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर समान हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा मेयर कोइरालाले विद्यालयबाट अवकाश प्राप्त गरी विदाई भएका शिक्षकहरु डिल्लीप्रसाद कोइराला, विष्णु भुजेल, श्याम गजुरेल र शंकरप्रसाद दाहाललाई सम्मान गरेका थिए । कार्यक्रममा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top