Nepal Times
Nepal Times
3
Shares

विराटमा प्राइमेरी केयरका चिकित्सकलाई प्रिभेन्टिभ अनकोलोजी तालिम

विराटमा प्राइमेरी केयरका चिकित्सकलाई प्रिभेन्टिभ अनकोलोजी तालिम

२९ भदौ, विराटनगर । विराट मेडिकल कलेज तथा टिचिङ्ग अस्पतालमा क्यान्सर रोकथाम सम्बन्धि प्रिभेन्टिभ अनकोलोजी वर्कसर्पको आयोजना गरिएको छ ।

शुक्रबार नेप्लीज सोसाइटी फर प्राइमेरी केयरको आयोजना तथा बिराट मेडिकल कलेज तथा टिचिङ्ग अस्पतालको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो ।

क्यानसर रोगले जटिल रुप लिनु अगाडि पत्ता लगाउन सके अधिकांश क्यान्सर पूर्ण रुपमा निको हुनसक्ने भएकाले रोगको पहिचान गर्न आवश्यक छ । सोही कुरालाई मध्यनजर गर्दै यो कार्यशालामा प्राइमरी केयरमा काम गर्ने चिकित्सकहरुका लागि भाद्र २९ र ३० अर्थात शुक्रबार र शनिबार दुई दिन तालिमको आयोजना भइरहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जनाएको छ ।

यस तालिममा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाचन प्रणाली सम्बन्धि क्यान्सर, तथा सुर्तीजन्य पदार्थको सेवनका रोकथाम विधि सम्बन्धि विभिन्न विशेषज्ञ डाक्टरहरुबाट तालिम दिइँदैछ ।

कार्यशालामा कोशी प्रदेशका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलकी क्यान्सर रोग विशेषज्ञ तथा कार्यशाला निर्देशक अस्मिता रायमाझीले जानकारी दिइन् ।

उनले बिरामीहरु ढिलो गरी अस्पताल आउने र क्यान्सर रोग भनेर ढिलो पत्ता लाग्दा बिरामीको ज्यान नै जोखिममा हुन सक्ने हुँदा चाँडो पत्ता लगाइ निदान गर्न र भरसक लाग्नै नदिन अपनाउनु पर्ने कुरा बारे जागरण गर्न चिकित्सकहरुलाई तालिमको व्यवस्था गरिएको बताइन् ।

नेपालमा क्यान्सर रोकथाम सम्बन्धि जागरण एकदमै कम रहेकाले क्यान्सर रोगलाई चाँडो पत्ता लगाउन प्राइमरी केयरमा काम गर्ने चिकित्सकहरुलाई अझै प्रोत्साहन, सशक्तिकरण गर्न, क्यान्सरको प्रारम्भिक निदान र समयमै रेफरलहरू मार्फत क्यान्सर सम्बन्धि मृत्युदर घटाउन पनि कार्यशाला आयोजना गरिएको हस्पिटलका सामुदायिक चिकित्सा विभागका सहायक प्राध्यापक तथा कार्यशाला आयोजनाका सचिव डा. पर्थ गुरागाईंले बताए ।

जटिल रुप लिनु अगाडि क्यान्सर रोगको पहिचान गर्न आवश्यक सम्बन्धी विभिन्न क्यान्सर रोग विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । गएको ३ बर्षमा ३६ हजार क्यान्सर रोगका नयाँ बिमारी थपिएको तथ्याङ्क छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.