नेपाल-भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

नेपाल-भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

काठमाडौं : नेपाल–भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी यस्ता किसिमका घटना घट्न नदिने प्रतिबद्धतासमेत जनाएका थिए ।

दाहाल बिहीबार भारत प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अधिकारीहरूसँग भेटघाटको सूची छ । दाहालले शुक्रबार भारतीय गृहमन्त्री सिंहसँग भेट गरेका थिए । आजको राजधानी दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.