गहुँको निहुँमा पोल्याण्डले युक्रेनलाई हतियार नदिने

४ असोज, एजेन्सी ।
पोल्याण्ड र युक्रेनबीच गहुँको विषयलाई लिएर तनाव बढेको छ । गहुँको आयातलाई लिएर दुई देशबीच तनाव बढ्दै जाँदा पोल्याण्डका प्रधानमन्त्री मतेउज मोराविकीले टेलिभिजनमार्फत सम्बोधन गर्दै युक्रेनलाई हतियार नदिने घोषणा गरेका छन् । मोराविकले अब पोल्याण्डलाई नै आधुनिक हतियारले सुसज्जित गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘अबबाट हामी युक्रेनलाई हतियार प्रदान गर्दैनौं । किनभने अब हामी पोल्याण्डलाई नै अत्याधुनिक हतियारले सुसज्जित गर्छौं,’ । दुई छिमेकीबीच गहुँलाई लिएर विवाद रसियाले युक्रेनमाथि आक्रमण सुरु गरेयता नै भएको थियो । तर, ब्ल्याक सीको सिपिङ लेन नै बन्द गरेपछि युक्रेनले नयाँ रुटहरु खोज्नु परेको थियो ।

जसकारण मध्य युरोपमा धेरै संख्यामा गहुँ ‘होल्ड’ भएका थिए । त्यसपछि युरोपियन युनियनले बलगेरिया, हंगेरी, पोल्याण्ड, रोमानिया र स्लोभाकियामा गहुँ आयात गर्न रोक लगाएको थियो । युक्रेनको गहुँका कारण स्थानीय बजारमा मूल्य घटिरहेको भन्दै चिन्तित बनेका किसानलाई फाइदा पुग्ने गरी सो निर्णय लिइएको थियो । सो प्रतिबन्ध सेप्टम्बर १५ मा सकिएको थियो ।

Advertisement

र, युरोपियन युनियनले त्यसलाई फेरि लागू गरेन । तर, हंगेरी, स्लोभाकिया र पोल्याण्डले भने गहुँ आयात नगर्ने पहिलाकै निर्णयलाई जारी राख्यो । त्यसपछि युक्रेनले वर्ल्ड ट्रेड अर्गनाइजेशन (डब्लुटीओ)मा ती राष्ट्रहरुविरुद्ध उजुरी दियो । युक्रेनले ती राष्ट्रहरुले अन्तर्राष्ट्रिय दायित्तवहरुको विरुद्ध गरेर कार्य गरेको आरोप लगाएको छ ।

युक्रेनका व्यापार मन्त्री युलियन सिभरीडेन्कोले ईयुका सदस्य राष्ट्रले एक्लैले युक्रेनका सामानहरु आयातमा प्रतिबन्ध लगाउन नसक्ने बताएका छन् । तर पोल्याण्डले भने प्रतिबन्धलाई जारी राख्ने र डब्लुटीओमा गरिएको उजुरीले आफूहरुलाई खुसी नबनाएको जनाएको छ । पोल्याण्डका प्रधानमन्त्रीले युक्रेनले गहुँको विषयलाई थप उक्साए युक्रेनबाट आयात हुने अन्य सामानमा पनि रोक लगाउने चेतावनी दिएका छन् ।

गहुँ आयातमा प्रतिबन्ध लगाए पनि तीन देशले आफ्नो भूमिबाट युक्रेनको गहुँ निर्यातमा कुनै रोक नलगाउने जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले गहुँकै विषयलाई लिए संयुक्त राष्ट्रसंघमा दिएको अभिव्यक्तिपछि पोल्याण्ड थप आक्रामक भएको हो । जेलेन्सकीले पोल्याण्डको नाम नलिइ रसियालाई फाइदा पु¥याइरहेको संकेत गरेका थिए ।

जसको विरोधमा पोल्याण्डले युक्रेन राजदूतलाई बोलाएर आपत्तिसमेत जनाएको थियो । यस्तै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पुगेका जेलेन्स्की र मोराविकीले एकअर्कालाई भेटेनन् । ‘युक्रेनलाई पोल्याण्डले जसरी अरु कुनै देशले सहयोग गरेको छैन ।

राष्ट्रपति जेलेन्सकीले यो भुल्न हुँदैन। अहिले हाम्रो सरकार पोलिस जनता र किसानको लागि चिन्तित छ,’ पोल्याण्डका मन्त्री ज्याक ससिनले भनेका छन् । पोल्याण्डको यो निर्णयले युद्धको चपेटाबाट गुज्रिरहेको युक्रेनलाई थप समस्यामा पार्ने देखिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top