×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्यानडामा फेरि अर्का खालिस्तानीमा गोलीको वर्षा

४ आश्विन २०८०

४ असोज, एजेन्सी ।
हरदीप सिंह निज्जर प्रकरणमा भारतसँग कुटनैतिक सम्बन्ध चिसिएको अवस्थामा क्यानडामा फेरि अर्का खालिस्तान समर्थक सुखदुल सिंह गिलको अज्ञात समूहले ज्यान लिएको छ । सुक्खा दुन्नेके भनेर चिनिने सुखदुल सिंह सन् २०१७ मा नक्कली पासपोर्ट बनाएर क्यानडा पुगेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विन्नीपिग क्षेत्रमा उनीमाथि १५ राउन्ड गोली हानिएको थियो ।

गत १८ जुनमा हरदीप सिंह निज्जरको पनि क्यानडामै गोली हानी ज्यान लिइएको थियो । हरदीप सिंह र हाल मारिएका सुखदुल सिंह भारतको आतंकवादीको सूचीमा थिए । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआइएको ४१औँ आतंकवादीको सूचीमा सुखदुल सिंह थिए । उनी सन् २०१७ मा नक्कली कागजपत्र बनाएर क्यानडा पुगे, जतिबेला उनीमाथि ७ गम्भीर अपराधको मुद्दा चलिरहेको थियो ।

Advertisement
Advertisement

लामो समय उनी जेलमा बसेपछि जमानतमा बाहिर आएका थिए, सोहीबेला उनी क्यानडा भागे । विभिन्न अपराधमा संलग्न भएका सुखदुल सिंहले पुलिस क्लियरेन्स सर्टिफिकेट प्रहरीकै मद्दतमा बनाएको बताइएको छ । यसअघि हरदीप सिंह निज्जरको ज्यान गएसँगै क्यानडाले यस घटनामा भारतको हात भएको प्रमाण आफूहरूसँग भएको आरोप लगाएको छ ।

क्यानडाले आफ्ना नागरिकको ज्यान जानुमा विदेशी सरकार सहभागी हुनुले त्यसले क्यानडाको सार्वभौमसत्तामा चुनौती दिएको बताउँदै भारतलाई यस विषयमा जवाफदेही बनाउने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् । त्यसलगत्तै क्यानडाले भारतको कूटनीतिज्ञलाई देश निकाला गर्दा भारतले पनि क्यानडाको एक कूटनीतिज्ञलाई देश निकाला गरिदिएको छ ।

क्यानडास्थित सिख समुदायले हरदीप सिंह निज्जरको हत्याको विषयमा यस घटनामा भारतको गुप्तचर एजेन्सी रअको हात भएको आरोप लगाएका छन् । भारतले क्यानडामा भएको यस्ता घटनाको विषयलाई स्पष्ट रूपमा खण्डन गरेको छ । भारतले उल्टै सिख समुदायका दर्जनौँ खालिस्तानी समर्थक जसलाई आतंकवादीको सूचीमा राखिएको छ,उनीहरू क्यानडामा स्वतन्त्र रूपमा त्यहाँको नागरिकका रूपमा हिँडिरहेको बताएको छ ।

पछिल्लो समय भारतभित्रै र क्यानडा तथा अन्य देशमा खालिस्तान आन्दोलन चर्किएको छ । खालिस्तान आन्दोलन भारतबाट पञ्जाव प्रान्तलाई अलग्याउने अभियानसँग सम्बन्धित छ । हरदीप सिंह निज्जरसँगै हाल मारिएका सुखदिल सिंह पनि खालिस्तान अभियानका सदस्य थिए, जसले क्यानडामा अभियान चलाइरहन्थे ।

खालिस्तान अभियानका नेता अमृतपाल सिंहलाई गत अप्रिल महिनामा मात्र प्रहरीले पञ्जावको मोगा जिल्लाबाट गिरफ्तार गरेको थियो । पञ्जावलाई भारतबाट अलग्याउनुपर्छ भन्ने उनको भनाइ थियो । वास्तवमा खालिस्तानको अर्थ खाल्साको भूमि हो । खाल्सा भनेका सिख हुन् ।

Advertisement

अर्थात्, खालिस्तान अभियानमा लागेकाहरूले पञ्जावलाई सिखहरूको देश बनाउन चाहन्छन् । सन् १९४० मा सबैभन्दा पहिला खालिस्तान शब्दको प्रयोग भएको मानिन्छ । तर, यसअघि सन् १९२९ मै शिरोमणि अकाली दलका तारा सिंहले सिखका लागि छुट्टै देश बनाउन माग गरेका थिए । अर्थात्, खालिस्तानको कथा ३१ डिसेम्बर १९२९ देखि नै सुरु भएको बताइन्छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top