विराटनगर, भदौ २३
विराटनगरमा अवस्थित पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताललाई प्रदेश सरकारले ऐतिहासिक अस्पतालको रुपमा विकास गर्न खोजेको छ । प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत्त संस्था बनाउने प्रक्रिया थालिसकेको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए ।
काठमाडौँस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत भइसकेको यो अस्पतालले आउने वर्षमा एमबिबीएसको पढाइ शुरु गर्ने र यस वर्ष एमडी कक्षा चाँंडै सञ्चालन गर्ने सामाजिक विकासमन्त्री घिमिरे जानकारी दिए ।दैनिक नेपाल–भारतका गरी करीब एक हजार २०० बिरामी आउने यो अस्पतालमा सरसफाइमा सुधार ल्याएको, बन्द प्रयोगशाला सञ्चालन गरेको, यन्त्र र उपकरण थप्ने काम भइरहेको उनले बताए ।
विगतमा घाटामा सञ्चालित यो अस्पतालमा प्रदेश सरकारको निगरानी र चासो बढ्न थालेपछि मासिक रु तीन लाख आम्दानी गर्न थालेकाले यो अस्पतालप्रति प्रदेश सरकारको आशा जागेको छ ।