उल्कापिण्डको नमुना लिएर फर्कियो नासाको यान

८ असोज, एजेन्सी ।
सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा लिइएको एउटा क्षुद्रग्रहको धुलो नमुना अन्ततः पृथ्वीमा ल्याइएको छ । बेनु क्षुद्रग्रहको अध्ययन गरिरहेको सातवर्षे अन्तरिक्ष मिशनले त्यसबारे एउटा नाटकीय निष्कर्ष निकाल्न लागेको बीबीसीले जनाएको छ ।

ओसाइरिस–रेक्स अन्तरिक्षयानले क्षुद्रग्रह बेनुको सतहबाट सङ्कलन गरेको “माटो“का नमुनाहरू स्थानीय समयानुसार आइतवार बिहान १०ः५२ मिनेट जाँदा पृथ्वी आइपुगेको हो । नासाले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा एउटा क्याप्स्यूलमा राखेर ल्याइएको उक्त पदार्थ अवतरण गराएको हो । पृथ्वीमा अवतरण गर्ने क्रममा नजलोस् भनेर उक्त धुलोलाई क्याप्स्यूलभित्र सुरक्षापूर्वक राखिएको थियो ।

त्यसबाट पृथ्वीको विगतबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुने ठानिएको छ । वैज्ञानिकहरूले उक्त नमुनाको रासायनिक अध्ययनले ४.५० अर्ब वर्षअघि ग्रहहरूको उत्पत्तिबारे नयाँ जानकारी दिने र सम्भवतः पृथ्वीमा जीवन कसरी सुरु भयो भन्ने विषयमा पनि अन्तर्दृष्टि दिने अपेक्षा गरेका छन् । उक्त प्रोबले छाडेको क्याप्स्यूलले अमेरिकी रक्षा मन्त्रालयको स्वामित्वमा रहेको मरुभूमिमा अवतरण गरेको हो ।

Advertisement

ओसाइरस–रेक्स परियोजनामा संलग्न सबैका लागि विशेष गरी उक्त क्याप्स्यूल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अन्तिम १३ मिनेट डरलाग्दो हुने लागेको थियो । उक्त कन्टेनर टायर आकारको जत्रो छ । उनीहरूले त्यो सुरुमा १२ किलोमिटर प्रतिसेकेन्डभन्दा बढी गतिमा खस्ने र त्यसको तापक्रम ३,००० डिग्री सेल्सिअसभन्दा बढी पुग्ने भनाइ थियो ।

तर ‘थर्मलशील्ड’ र प्याराशूटको संयोजनले त्यसलाई मरुभूमिको सुरक्षित स्थानमा ल्याइएको थियो । बेनुको अन्वेषण गर्न ओसाइरिस–रेक्स अन्तरिक्षयान सन् २०१६ मा पृथ्वीमा प्रक्षेपण गरिएको थियो । उक्त क्षुद्रग्रह अर्को शताब्दीको अन्त्यमा हाम्रो ग्रहमा ठोकिन सक्ने एकदमै न्यून सम्भावना छ । उक्त प्रोबले ५०० मिटर फराकिलो चट्टानमा पुग्न दुई वर्ष लगाएको थियो र थप दुई वर्ष त्यसलाई अवलोकन गर्दै रह्यो ।

Advertisement

त्यसपछि मात्र उक्त क्षुदर ग्रहको सतहको सामग्रीको नमुना प्राप्त गर्ने अभ्यास गरेको थियो । उक्त यानले सङ्कलन गरेका नमुनाहरू करिब २५० ग्रामका छन् । सफलतापूर्वक उक्त क्याप्स्यूल अवतरण भएपछि अब ती सङ्कलित नमुनालाई सुरक्षित रूपमा नासाको टेक्ससस्थित जोन्सन स्पेस सेन्टरमा विस्तृत विश्लेषणका लागि लगिने छ ।

त्यस्ता नमुनालाई पृथ्वीका कुनै पनि पदार्थबाट दूषित हुनबाट जोगाइने गरी योजना बनाइएको छ । “बेनुलाई हामी कार्बनेशन एस्टरोइड भन्छौँ,“ ओसिरिस–रेक्स मिशनका डेप्यटी क्यूरेटर क्रिस्टोफर स्नीडले भने। अर्थात् त्यसमा कार्बनको मात्रा धेरै छ ।

“हामीलाई लाग्छ यस्तो प्रकारका चट्टानहरू ग्रहहरू निर्माणका लागि कुनै घर बनाउँदाका इँटाजस्ता हुन् र तिनले हामीलाई सौर्यमण्डलको आरम्भतिर पु¥याउँछन्।” उनले नमुनाको अध्ययनबाट ग्रहहरूको उत्पत्ति र पृथ्वीमा जीवन सुरु गर्ने यौगिकबारे पत्ता लाग्न सक्ने बताए । उक्त क्याप्स्यूललाई पृथ्वीमा छाडेपछि नासाको प्रोबलाई एपोफिस भनिने अर्को क्षुद्रग्रहमा पठाइने छ । त्यो यान उक्त क्षुद्रग्रहमा सन् २०२९ मा पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top