Nepal Times
Nepal Times
108
Shares

प्रचण्डको चीन भ्रमणमा न विद्युत न नाका

प्रचण्डको चीन भ्रमणमा न विद्युत न नाका

८ असोज,एजेन्सी ।
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् ।

नेपाल र चीनबीच विभिन्न विषयमा सम्झौता हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका प्रधानमन्त्री लि छ्याङको समुस्थितिमा द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको हो । बेइजिङमा चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरूको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता भएको हो ।

यस्तै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । पशुपक्षी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच कृषि, पशुपालन र मत्स्यपालन तथा औषधिजन्य वनस्पतिको चीन निर्यात सम्बन्धी समझदारीपत्रमा पनि सम्झौता भएको छ ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच दुई देशका योजना आयोगबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा यसअघि उनले नै भनिएजस्तो उर्जा तथा विद्युत ब्यापार र थप स्थानमा उत्तरी नाका खोल्ने विषयमा भने दुई देशबीच कुनै सहमति भएको छैन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.