९ असोज, काठमाण्डौ ।
आफ्नो पूरा नामसमेत नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । तिनै ई अहिले देशभरकै स्थानीय पालिकामा स्वतन्त्रबाट सानदार मतान्तरले विजयी हासिल गरेका बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलविरुद्ध ७ दिन देखि उभिएका छन् । देशभरका स्थानीय पालिका मध्ये जनताको नजरमा समेत परेको पालिका हो काठमाडौं महानगरपालिका ।
त्याहाका जनप्रतिनिको भिजन, अहिलेसम्मको उपलिब्ध र योजना र निर्णय क्षमतालाई आधार मानेर देशभरका पालिकाका जनता आफ्ना पालिकामा पनि बालेनजस्तै नेतृत्वको अपेक्षा राख्दछन् । तर सबैले चाँहेका बालेनको निर्णय र काम भने अभियन्ता ई लाई कमन परेको छैन् ।
त्यही भएर त उनी (sunita and balen we expected better from you ) बालेन र सुनिता हामीले तपाईबाट राम्रो आशा गरेका थियौ भन्दै मौनरुपमा बालेनकै कार्यालय अगाडि धर्नामा बसेका छन् । फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्नेगायतका माग राखेर आठ दिनदेखि उभिएरै काठमाडौं महानगर अगाडि ईःलगायत अभियन्ताहरूले आन्दोलन गरिरहेका छन् ।
आन्दोलनमा धेरैले ऐक्यबद्धता जनाए पनि लामो समयसम्म उभिदा अभियन्ता ईःको दुवै गोडा नराम्ररी सुन्निएको छ । उनका मागमा हिजो कोरोना कालमा २३ दिनको अनसनपछि सहमति गराएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली देखि राप्रपा नेपालका अध्यक्ष कमल थपासम्मले ऐक्वयवद्धता जनाएका छन् ।
आफ्नो पूरा नामसमेत नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । संविधान मेरो होइन भनेर सिंहदरबारमा केही वर्षअघि रातो पोतेर उनी चर्चामा आएका थिए । संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरबारको पर्खालमा रातो पोतेका थिए । त्यस क्रममा उनी ४ पटक सम्म पक्राउ गरेका थिए ।
कोरोनाको समयमा ईंले सरकारविरुद्ध ‘इनफ इज इनफ’ अभियान सञ्चालन गरेका थिए । कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेका थिए । त्यस यसअघि पाटन दरबार क्षेत्रमा आमरण अनशन बसेका उनले सरकारसँग १२ बुँदे सहमतिपछि अनसन तोडेका थिए । ‘कोभिड–१९’को सबल व्यवस्थापनका लागि सरकारसँग १२ बुँदे मागसहित उनी पहिलोपटक अनशन बसेका थिए ।
सहमति पालना गर्न सरकारले चासो नदेखाएको बताउँदै उनी दोस्रोपटक अनशन बसेका थिए । कोभिड महामारीका बेला उनीहरूले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, परीक्षण रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाइन रणनीति सुधार र आइसोलेसनबाट घर पठाउनुअघि फेरि परीक्षण गर्नुपर्ने ।
यस्तै, कोभिड–१९ को सन्दर्भमा अदालतले जारी गरेको आदेश तत्काल कार्यान्वयन, कन्ट्याक ट्रेसिङ र विज्ञ सुझाब समिति गठन गर्नुपर्ने , अग्रपंक्तिमा खटिएकाहरूको सुरक्षा, नागरिकलाई राहत र सुरक्षा, जोखिमको जानकारी, स्वास्थ्योपचार क्षमतामा वृद्धि, तथा खर्चको पारदर्शिता र जवाफदेहिता हुनुपर्नेलगायतका माग राखेका थिए ।
यिनै मागसहित ईः सहितका युवाले ‘इनफ इज इनफ’ आन्दोलन सुरु गरेका हुन् । सुरुमा सामाजिक सञ्जालमा सीमित आन्दोलन बालुवाटारस्थित प्रधानमन्त्री निवासबाहिरको प्रदर्शन हुँदै सडकमा निस्कियो । त्यसलगत्तै ‘इनफ इज इनफ’ नारासहित यो देशव्यापी बनेको थियो ।