बालेनलाई प्रश्न गर्ने अभियन्ता ईः को हुन् ?

८ असोज ८०, मंगलबार

९ असोज, काठमाण्डौ ।
आफ्नो पूरा नामसमेत नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । तिनै ई अहिले देशभरकै स्थानीय पालिकामा स्वतन्त्रबाट सानदार मतान्तरले विजयी हासिल गरेका बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलविरुद्ध ७ दिन देखि उभिएका छन् । देशभरका स्थानीय पालिका मध्ये जनताको नजरमा समेत परेको पालिका हो काठमाडौं महानगरपालिका ।

त्याहाका जनप्रतिनिको भिजन, अहिलेसम्मको उपलिब्ध र योजना र निर्णय क्षमतालाई आधार मानेर देशभरका पालिकाका जनता आफ्ना पालिकामा पनि बालेनजस्तै नेतृत्वको अपेक्षा राख्दछन् । तर सबैले चाँहेका बालेनको निर्णय र काम भने अभियन्ता ई लाई कमन परेको छैन् ।

Advertisement

त्यही भएर त उनी (sunita  and balen we expected better from you ) बालेन र सुनिता हामीले तपाईबाट राम्रो आशा गरेका थियौ भन्दै मौनरुपमा बालेनकै कार्यालय अगाडि धर्नामा बसेका छन् । फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्नेगायतका माग राखेर आठ दिनदेखि उभिएरै काठमाडौं महानगर अगाडि ईःलगायत अभियन्ताहरूले आन्दोलन गरिरहेका छन् ।

Advertisement

आन्दोलनमा धेरैले ऐक्यबद्धता जनाए पनि लामो समयसम्म उभिदा अभियन्ता ईःको दुवै गोडा नराम्ररी सुन्निएको छ । उनका मागमा हिजो कोरोना कालमा २३ दिनको अनसनपछि सहमति गराएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली देखि राप्रपा नेपालका अध्यक्ष कमल थपासम्मले ऐक्वयवद्धता जनाएका छन् ।

आफ्नो पूरा नामसमेत नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । संविधान मेरो होइन भनेर सिंहदरबारमा केही वर्षअघि रातो पोतेर उनी चर्चामा आएका थिए । संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरबारको पर्खालमा रातो पोतेका थिए । त्यस क्रममा उनी ४ पटक सम्म पक्राउ गरेका थिए ।

कोरोनाको समयमा ईंले सरकारविरुद्ध ‘इनफ इज इनफ’ अभियान सञ्चालन गरेका थिए । कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेका थिए । त्यस यसअघि पाटन दरबार क्षेत्रमा आमरण अनशन बसेका उनले सरकारसँग १२ बुँदे सहमतिपछि अनसन तोडेका थिए । ‘कोभिड–१९’को सबल व्यवस्थापनका लागि सरकारसँग १२ बुँदे मागसहित उनी पहिलोपटक अनशन बसेका थिए ।

सहमति पालना गर्न सरकारले चासो नदेखाएको बताउँदै उनी दोस्रोपटक अनशन बसेका थिए । कोभिड महामारीका बेला उनीहरूले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, परीक्षण रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाइन रणनीति सुधार र आइसोलेसनबाट घर पठाउनुअघि फेरि परीक्षण गर्नुपर्ने ।

यस्तै, कोभिड–१९ को सन्दर्भमा अदालतले जारी गरेको आदेश तत्काल कार्यान्वयन, कन्ट्याक ट्रेसिङ र विज्ञ सुझाब समिति गठन गर्नुपर्ने , अग्रपंक्तिमा खटिएकाहरूको सुरक्षा, नागरिकलाई राहत र सुरक्षा, जोखिमको जानकारी, स्वास्थ्योपचार क्षमतामा वृद्धि, तथा खर्चको पारदर्शिता र जवाफदेहिता हुनुपर्नेलगायतका माग राखेका थिए ।

यिनै मागसहित ईः सहितका युवाले ‘इनफ इज इनफ’ आन्दोलन सुरु गरेका हुन् । सुरुमा सामाजिक सञ्जालमा सीमित आन्दोलन बालुवाटारस्थित प्रधानमन्त्री निवासबाहिरको प्रदर्शन हुँदै सडकमा निस्कियो । त्यसलगत्तै ‘इनफ इज इनफ’ नारासहित यो देशव्यापी बनेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top