Nepal Times
Nepal Times
36
Shares

आज नेप्सेमा दोहोरो अंकको वृद्धी

आज नेप्सेमा दोहोरो अंकको वृद्धी

९ असोज,काठमाडौं ।

मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेको छ। यसदिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँ पुगेको छ।

यस दिन २८६ वटा धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच भएको हो।मंगलबार तीन वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।मेन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरिङको मूल्य १० प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः २८३ रुपैयाँ ८० पैसा र २४७ रुपैयाँ ५० पैसा र शुभम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९३५ रुपैयाँ ५० पैसा पुगेको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा हिमालयन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७०६ रुपैयाँ पुगेको छ।यस्तै, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ५.५७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४१९ रुपैयाँमा सीमित भएको छ।

मंगलबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ७८८ रुपैयाँ ६० पैसामा ८ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४७८ रुपैयाँ १० पैसामा ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.