Nepal Times
Nepal Times
3
Shares

चीनले रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो

चीनले रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो

११ असोज, एजेन्सी ।
चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नवीनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ बजे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ ।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ४८९ औं उडान अभियान हो । यता पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् ।

कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् । बालबालिकाले रकेट लञ्चर खेतमा फेला पारेर घरमा लगेको र हिजो विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.