न्युयोर्कको तौल १७ ट्रिलियन पाउण्ड, पृथ्वीले निल्न थाल्यो

१३ असोज, एजेन्सी ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले न्युयोर्क शहर लगातार डुबिरहेको जनाएको छ । नासाका अनुसार यसको कारणको रुपमा शहरको वजनलाई देखाईएको छ । यो प्रतिवेदन सार्बजनिक भईरहेको बेला न्युयोर्कमा अत्याधिक वर्षा भएको छ । जसकाकारण न्युर्योकको जनजीवन पुरै ठप्प जस्तै भएको छ ।

नासाको प्रतिवेदनका अनुसार सहरको आर्थर एशे स्टेडियम, कोनी आइल्याण्ड र लागार्डिया एयरपोर्ट सम्भावित प्रकोपबाट विनाश हुने पहिलो स्थानहरूमा पर्नेछ । यो प्रतिवेदन नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको हो । यस प्रतिवेदनमा उल्लेख भए अनुसार सन् २०१६ देखि २०२३ सम्म आर्थर एशे स्टेडियम र लागार्डिया एयरपोर्ट ४.६ एमएम र ३.७ एमएमले डुबिसकेको छ।

लगातार बढ्दै गएको समुन्द्री सतहका कारण न्यूयोर्कमा डुबेको जोखिम लगातार बढिरहेको उसको भनाई छ । प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्यूयोर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउनु निरन्तर चुनौती रहेको उल्लेख गरेका छन । न्यूयोर्कका क्षेत्रहरू जुन द्रुत रूपमा डुबिरहेका स्थानहरुमा गभर्नर्स आइल्याण्डको दक्षिणी भाग, स्टेटन आइल्याण्डको मिडल्याण्ड र दक्षिणी समुन्द्री किनारा र दक्षिणी क्वीन्स समावेश छन्।

Advertisement

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेको हालैको प्रतिवेदनले न्यूयोर्क सहरका १० लाखभन्दा बढी भवनको तौल करिब १७ ट्रिलियन पाउण्ड रहेको जानकारीसमेत दिएको छ, जसका कारण पृथ्वीले शहरलाई बिस्तारै निल्न थालेको छ । वैज्ञानिकहरूले न्यूयोर्कको सहरी क्षेत्रमा हरेक वर्ष करिब १.६ मिलिमिटरको वृद्धि भएको पत्ता लगाएका छन्, जुन हरेक महिना खुट्टाको नङ बढ्ने जत्तिकै हो ।

युरोपेली अन्तरिक्ष एजेन्सीले सेन्टिनेल– १ उपग्रहको रडारबाट डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरिएको थियो । अन्तरिक्ष एजेन्सीले वरपरका क्षेत्रहरू र पृथ्वीको निरन्तर डुब्ने अध्ययन ग¥यो । अध्ययनले सहरहरू औसतभन्दा छिटो संकुचन भइरहेको देखाएको छ ।

Advertisement

जेपीएल वैज्ञानिक डेभिड बेकर्टले भने, ‘शहर डुब्ने क्रममा समुद्रको सतहमा नजर राख्नु महत्त्वपूर्ण छ । यो पनि महत्त्वपूर्ण छ किनभने पृथ्वीको परिवर्तनले विश्वभरका महासागरहरूमा दबाब दिन्छ, जसले बाढी जस्ता घटनाहरू निम्त्याउँछ र विनाशकारी आँधीबेहरीको सम्भावना सिर्जना गर्दछ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top