पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइलनमा

१८ असोज ८०, शुक्रबार

१९ असोज, एजेन्सी ।
चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

अफगानिस्तानको जितमा नुर अलि जाद्रानले सर्वाधिक ३९ रन बनाउँदा कप्तान गुल्वादिन नाइवले अविजित २६ रन बनाए । जाद्रानले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। १९ बल खेलेका नाइवले १ चौका र ३ छक्का प्रहार गरे । अफसार जाजाइले २१ बलमा १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

पाकिस्तानका उसमान क्वादिर र अर्फात मिन्हासले समान २ विकेट लिँदा सुफियान मुकिम र क्वासिम अक्रामले एक एक विकेट हात पारे । त्यसअघि पाकिस्तानका ओपनर ओमेर युसुफले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै पनि ब्याटर चल्न सकेनन्। रोहेल नाजिर १०, हराफात मिन्हास ११३ र अमिर जमालले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Advertisement

जसको परिणाम अन्तिम १२ बल अघि नै अलआउट हुँदा सामान्य लक्ष्य मात्रै प्रस्तुत गर्न सक्यो । अफगानिस्तानका फरीद अहमदले सर्वाधिक ३ विकेट लिए। क्वीस अहमद र जाहिर खानले २÷२ विकेट लिँदा गुल्वादिन नाइव र करिम जनतले १÷१ विकेट लिए । अब उपाधिका लागि शनिबार अफगानिस्तान र भारत भिड्ने भएका छन् ।

भारत शुक्रबार बिहान बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तान र बंगलादेश फाइनल अघि शनिबार नै तेस्रो स्थानका लागि भिड्ने छन् । नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको थियो ।

Advertisement

विश्वकपका कारण एसियाडमा टेस्ट राष्ट्रका राष्ट्रिय टोली गएका छैनन् । भारतमा जारी आइसिसी विश्वकप २०२३ को दोस्रो खेलमा आज पाकिस्तान र नेदरल्यान्ड्स मैदानमा छन् । हैदराबादमा दुई समूहबीचको खेल जारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top