कोरियन एयरलाई प्रतिबन्ध लगाउने निर्णयबाट क्यान पछि हट्यो

२० असोज, काठमाण्डौ ।
कोरियन एयरलाई नेपालमा उडान गर्न प्रतिबन्ध लगाउने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) पछि हटेको छ । क्यान दुई सातामै आफ्नो निर्णयबाट पछि हटेको हो । क्यानले नेपाल वायु सेवा निगमले कोरियामा उडानको अनुमति नपाएको भन्दै २ साताअघि कोरियन एयरको काठमाडौं उडानमा प्रतिबन्ध लगाउने निर्णय गरी टिकट बिक्री रोक्न पत्राचार गरेको थियो ।

कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयसँग निगमलाई उडान अनुमति दिने विषयमा ५ दिन पछि बंगलादेशमा हुने एउटा सम्मेलनका दौरान छलफल गर्ने सहमति भएपछि क्यानले कोरियन एयरलाई निरन्तर उडान गर्ने दिने निर्णय गरेको हो । कोरियाको हवाइ नियमनकारी निकाय कोरिया अफिस अफ सिभिल एभिएसन (कोका) भूमि, पूर्वाधार र यातायात मन्त्रालय मातहत पर्छ ।

‘एसिया प्याफिक क्षेत्रका नागरिक उड्डयन महानिर्देशकको ५८औं सम्मेलनमा निगमलाई कोरियामा उडानको अनुमतिबारे साइडलाइन वार्ता गर्ने सहमतिपछि कोरियन एयरलाई उडान गर्न नरोक्ने निर्णय भएको हो’, क्यानका एक उच्च अधिकृतले भने । सम्मलेन बंगलादेशको ढाकामा असोज २४ देखि २८ गतेसम्म ढाकामा हुँदैछ ।

Advertisement

निगमले कोरियामा उडानका लागि ५ वर्षभन्दा अघिदेखि पहल गरेपनि कोकाले अनुमति दिएको छैन । निगमको हवाइ अडिट गर्नुपर्ने लगायत कारण देखाएको कोकाले त्यसका लागि आफ्ना प्रतिनिधि भने पठाएको छैन। नेपालको सरकारी ध्वजावाहकलाई अनुमति दिन आनाकानी गरेको प्रतिशोधमा क्यानले कोरियन एयरलाई पनि उडानमा प्रतिबन्ध लगाउन उसको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभललाई विन्टर सेडुलबाट टिकट बिक्री बन्द गर्न पत्र पठाएको थियो ।

अहिले काठमाडौं–कोरिया सिधा उडान गर्ने कम्पनी कोरियन एयर मात्र हो । एकाधिकारका कारण उसको भाडा महँगो छ । अरु एयरलाइन्सले विभन्न स्थानलाई ट्रान्जिट बनाएर उडान गर्दै आएका छन्। तर ट्रान्जिट उडान लामो र झनै महँगो छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top