Nepal Times
Nepal Times
36
Shares

आज नेप्सेमा ३५ अंकको गिरावट

आज नेप्सेमा ३५ अंकको गिरावट

२१ असोज ,काठमाडौँ ।
मार्जिन लेण्डिङ अर्थात् सेयर धितो कर्जाको सीमा वृद्धिले पनि बजारमा उत्साह फर्काउन सकेन । गत बुधवार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको १२ करोडको सीमा पुनरावलोकन गर्दै २० करोड पु(याइएदिएको थियो । तर, कर्जाको सीमा पुनरावलोकनपछिको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५ अंकमाथिले घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५.६७ अंकले घट्दै १९ सय २१.२४ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ अंकले घटेर ३६७.५७ अंकमा झरेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट र जीवन बिमा समूहको उपसूचक आज २ प्रतिशत माथिले घटेका छन् भने बाँकी अरू समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

यद्यपि, आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर ९.५९ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था लि। र गरिमा डिभेन्चरको मूल्य समान १० प्रतिशत नेगेटिभ सर्किट घट्न पुगेको छ ।३५ अंकमाथिले नेप्से सूचक घटेको यस दिन १ अर्ब १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.