प्रतितोला एक हजारले महँगियो सुन , कतिमा हुँदैछ किनबेच ?

२२ असोज ८०, सोमबार
Share this
652shares

२२ असोज,काठमाडौं ।

Advertisement

नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य बढेको छ।आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।आइतबार प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top