शाहरुख खानलाई कसले दियो ज्यान मार्ने धम्की ?

२१ असोज ८०, सोमबार

२२ असोज, एजेन्सी ।
बलिउड सुपरस्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय पत्रिका दैनिक भास्करले जनाएअनुसार मुम्बई प्रहरीलाई फिल्म ‘पठान’ र ‘जवान’को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको जानकारी प्राप्त भएको छ । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई वाई प्लस सुरक्षा दिएको छ ।

यो वाई प्लस सुरक्षाअन्तर्गत, ६ जना व्यक्तिगत सुरक्षा अधिकारी र ५ जना हतियारसहितका प्रहरी शाहरुख खानसँग २४सै घण्टा रहनेछन् । यसअघि शाहरुख खानको सुरक्षाका लागि मुम्बई प्रहरीका दुईजना कन्स्टेबल हरेक पल साथमा रहन्थे ।

मुम्बई प्रहरीले महाराष्ट्रका सबै पुलिस अधिकारीलाई सूचना जारी गर्दै सबै इकाइ कमाण्डरलाई शाहरुखको भ्रमण र संलग्नता क्षेत्राधिकारहरूलाई एक अधिसूचना जारी गरेको छ जसमा सबै इकाई कमाण्डरहरूलाई शाहरुख खानको भ्रमण र सहभागि हुन ठाउँमा तत्काल वाइ प्लसको सुरक्षा प्रदान गर्न भनिएको छ ।

Advertisement

यी प्रहरी कमाण्डोसँग एमपी–फाइभ मेसिन गन, एके–४७ असल्ट राइफल र ग्ल्याक पेस्तोल पनि साथमा हुनेछन् । प्रहरीका अनुसार शाहरुखको बंगलामा चार सशष्त्र सुरक्षाकर्मीको हरेक समय उपस्थिती हुनेछ । सुरक्षा कभरको खर्च शाहरुख खान आफैले बेहोर्नेछन् । यो जानकारी दिँदै प्रहरीले भारतमा निजी सुरक्षाकर्मीलाई आधुनिक हतियार लैजान नदिने बताएको छ ।

तर, प्रहरीले सुरक्षा जोखिम नरहेसम्म यस्तो सुविधा दिइरहने उल्लेख गरेको छ । यसअघि सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आएपछि वाई प्लस सुरक्षा प्रदान गरिएको थियो । यस बाहेक, आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरले एक्स सुरक्षा कभर पाएका छन् । जसमा उनीहरूले ३ पीएसओएस पाएका छन् जो उनीहरूसँग तीन सिफ्टमा २४ घण्टा बस्छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top