विराटनगर,भदौ २४
सुनसरीको चतरामा चैतको अन्तिम सातादेखि एक महिने अर्धकुम्भ मेला लाग्ने भएको छ । प्रदेश १ को सामाजिक मन्त्रालयको आयोजनामा शनिबार विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले यही चैतको अन्तिम सातादेखि एक महिने अर्धकुम्भ मेलाको आयोजना गरिने जानकारी दिएका हुन् ।
मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १ महिनाको अवधिमा ३ करोड धर्मअनुरागीहरुको उपस्थित गराउने योजना रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
तालिका बनाएर क्रमिक रुपमा नेपालका प्रधानमन्त्री, मन्त्री र विशिष्ठ व्यक्तिहरुलाई मेलामा ल्याउने कार्यक्रममा जानकारी दिइएको थियो । दैनिक १ लाख भक्तजनलाई खाना र आवासको व्यवस्थापन गर्ने , भारतका राजनेताहरु, धर्मगुरु, पिठाधिश सबैलाई कार्यक्रममा निमन्त्रणा गर्ने सामाजिक विकास मन्त्री जिवन घिमिरेले जानकारी दिए ।
जगतगुरु बालसन्त महाराजजीको संयोजकत्वमा जनस्तरको समिति बनाउने, प्रदेश सरकारले सहयोग संयन्त्र बनाई काम गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।