इजिप्टको मरुभूमिमा कारबाट तेल चुहिएपछि……

१२ कार्तिक ,एजेन्सी ।
इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भयानक दुर्घटना भएको छ । जसमा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ ।

बेहेरानजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ । घटनाको आपराधिक अनुसन्धान गर्न इजिप्ट सरकारले आदेश दिइएको छ । तीव्र गति, सडकको कमजोर मर्मतसम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौँको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।

विगत केही वर्षयता इजिप्टले सडकमा हुने दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ । उता मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता छन् । ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचना ध्वस्त बनाएको बताइएको छ ।

Advertisement

घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह सहर अकापुल्को र वरपर रुख र बिजुलीका खम्बाहरू ढलेका छन् । अर्काेतर्फ अमेरिकाको मेइन सहरमा अन्धाधुन्ध गोली चलाउँदै १८ जनाको ज्यान लिने सन्दिग्ध मृत फेला परेका छन् ।

तीन दिनको खोजीपछि ४० वर्षीय रोबर्ट कार्ड मृत फेला परेको प्रहरीले जानकारी दिएको हो । मेइन कमिस्नर अफ पब्लिक सेफ्टी माइकल साउसचकका अनुसार उनले आफूले आफैलाई गोली प्रहार गरेका थिए । प्रहरीले स्थानीयलाई घरमा नै बस्ने निर्देशन हटाएको केही समयपछि प्रहरीले यसबारे जानकारी दिएको थियो । सो घटनामा मारिनेमा १४ देखि ७६ वर्षका सर्वसाधारण रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top