आँप बेचेरै भारतले ५ महिनामा कमायो ४७.९८ मिलियन

१२ कार्तिक,एजेन्सी ।
भारतीय आँपको मिठास विश्वभर बढ्दै गएको छ । आर्थिक वर्ष २०२३–२४ को अप्रिल देखि अगष्टमहिनामा भारतबाट विदेशमा निकासी हुने आँपमा १९ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा भारतले कुल ४७.९८ मिलियन डलर बराबरको आँप निकासी गरेको छ । जबकि २०२२–२३ को सोही अवधिमा भारतले कुल ४ करोड ३३ लाख अमेरिकी डलर बराबरको आँप निकासी गरेको थियो ।

वाणिज्य मन्त्रालयले भारतबाट हुने आँपको तथ्यांक सार्वजनिक गरेको छ । कृषि तथा कृषक कल्याण मन्त्रालयसँगको सहकार्यमा एपिडाले २०२३ को अप्रिल देखि अगष्टमहिनासम्म कुल २७ हजार ३३० टन आँप निकासी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २२ हजार ९६३ दशमलव ७८ टन रहेको मन्त्रालयले जनाएको छ ।

यो पाँच महिनामा सबैभन्दा बढी आँप अमेरिका निर्यात भएको छ । अमेरिकामा कूल २०४३ दशमलव ६० टन आँप निकासी भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । यसबाहेक जापानमा ४३ टन, दक्षिण अफ्रिकामा ४ दशमलव ४४ टन, अष्ट्रेलियामा ५८ दशमलव ४२ टन र न्युजिल्याण्डमा १११ टन आँप निकासी भएको छ ।

Advertisement

यसबाहेक इरान, नाइजेरिया, चेक गणतन्त्र, मौरिससमा निर्यात हुने गरेको छ । कृषि तथा कृषक कल्याण मन्त्रालय र एपेडाले संयुक्त रुपमा दक्षिण कोरियाबाट निकासीका लागि निरिक्षक बोलाएको थियो । जसका कारण भारतले दक्षिण कोरियामा १८ दशमलव ४३ मेट्रिक टन आँप निकासी गर्न अनुमति दिएको थियो ।

२०२२–२३ मा आँपको निर्यातमा ठूलो सफलता हात पारेको मन्त्रालयले जनाएको सिन्ह्वाले उल्लेख गरेको छ । चालू सिजन २०२३ मा भारतले ४१ देशमा आँप निकासी गरेको छ । एपिडाले भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा भारतीय आँपको निर्यात प्रवर्द्धन गर्न सियोल फुड एण्ड होटल शोमा पनि भाग लिएको थियो। एपिडाको प्रयासले ७५ थरीका आँप निर्यात हुन सकेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top