१ सय ७५ लिटर घरेलु मदिरा बरामद

१ सय ७५ लिटर घरेलु मदिरा बरामद

मोरङ, भदौ २४
विराटनगर महानगरपालिका–१३ बाट प्रहरीले १ सय ७५ लिटर घरेलु मदिरा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शनिबार विराटनगर महानगरपालिका १३ स्थित रहेका विभिन्न भट्टी पसल तथा होटलहरुमा चेकजाँच गर्ने क्रममा तयारी अबस्थामा रहेको १ सय ७५ लिटर तयारी मदिरा, मदिरा बनाउन प्रयोग गरिने ५० थान भाँडावर्तन र २४ सय लिटर कच्चा पदार्थ फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको मदिरा आन्तरिक राजश्व कार्यालय मोरङमा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.