Nepal Times
Nepal Times
9
Shares

आज सेयर बजारमा २८ अंकको गिरावट

आज सेयर बजारमा २८ अंकको गिरावट

१२ कात्तिक,काठमाडौं ।

सेयर बजार परिसूचक नेप्सेले खराब शुरुवात गरेको छ । दसैँपछि खुलेको बजारमा पहिलो दिन नै २८ अंकमाथिले नेप्से सूचक घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २८.१८ अंकले घट्दै १८ सय ७५.६५ अंकमा झरेको हो ।

यस्तै आज यता कारोबार समेत खुम्चिदै ७४ करोड २९ लाख २५ हजारमा सीमित हुन पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले घट्दा आज होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, निर्जीवन बीमा समूहको उपसूचक १.९६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक १.९७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक १.६२ प्रतिशतले घटेका छन् ।

यस्तै, विकास बैंक समूहको उपसूचक १.५१ प्रतिशतले घट्दा बैंकिङ समूहको उपसूचक आज १.३९ प्रतिशतले घट्न पुगेको छ । फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४२ प्रतिशतले, १.४६ प्रतिशतले र १.१४ प्रतिशतले घट्न पुगेका छन् ।

आज कमाउनेमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले ८.९९ प्रतिशतले कमाएका छन् भने भने गुमाउनेमा सोनापुर मिनिरल एण्ड आयल लिमिटेडका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.