आज सेयर बजारमा २८ अंकको गिरावट

११ कात्तिक ८०, आइतबार

१२ कात्तिक,काठमाडौं ।

सेयर बजार परिसूचक नेप्सेले खराब शुरुवात गरेको छ । दसैँपछि खुलेको बजारमा पहिलो दिन नै २८ अंकमाथिले नेप्से सूचक घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २८.१८ अंकले घट्दै १८ सय ७५.६५ अंकमा झरेको हो ।

यस्तै आज यता कारोबार समेत खुम्चिदै ७४ करोड २९ लाख २५ हजारमा सीमित हुन पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले घट्दा आज होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, निर्जीवन बीमा समूहको उपसूचक १.९६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक १.९७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक १.६२ प्रतिशतले घटेका छन् ।

यस्तै, विकास बैंक समूहको उपसूचक १.५१ प्रतिशतले घट्दा बैंकिङ समूहको उपसूचक आज १.३९ प्रतिशतले घट्न पुगेको छ । फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४२ प्रतिशतले, १.४६ प्रतिशतले र १.१४ प्रतिशतले घट्न पुगेका छन् ।

आज कमाउनेमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले ८.९९ प्रतिशतले कमाएका छन् भने भने गुमाउनेमा सोनापुर मिनिरल एण्ड आयल लिमिटेडका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top