बालोन डी’ओर कसलाई ?मेसी कि हालान्ड ?

११ कात्तिक ८०, आइतबार

१२ कार्तिक, एजेन्सी ।
विश्व प्रसिद्ध फुटबल अवार्ड बालोन डी’ओर विजेताको घोषणा अक्टोबर ३० अर्थात् भोलि सोमबार हुँदै छ । यसपटक लियोनल मेस्सी, अर्लिङ हालान्ड, किलियन एमबाप्पे, मोहम्मद सलाह, भिनिसियस जुनियर, जुलियन अल्भारेजजस्ता ३० चर्चित खेलाडीहरू यस अवार्डको मनोनयनमा परेका छन् ।

तर, हाल अमेरिकी क्लब इन्टर मायामीबाट खेलिरहेका मेसी र इंग्लिस क्लब म्यानचेस्टर सिटीका हालान्ड बालोन डी’ओर उपाधिका सम्भावित विजेता हुन् । यस अवार्ड प्राप्त गर्नु कुनै पनि फुटबलरको सपना हो, किनभने यसलाई सबैभन्दा प्रतिष्ठित व्यक्तिगत फुटबल उपाधि मान्ने गरिएको छ । उसो त मेस्सीले बालोन डी’ओर सातपटक जितिसकेका छन् ।

सबैभन्दा बढी बालोन डी’ओर पाएर कीर्तिमानी बनाउने ३६ वर्षे मेसी एक्ला खेलाडी हुन् । उता हालान्डले गत सिजन ट्रेबल उपाधि हात पारे । उनले युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जित्दा सबै प्रतिस्पर्धामा ५२ गोल गरे । हालै युरोपका उत्कृष्ट खेलाडी बनेर यूईएफए अवार्ड पाएका सिटीका हालान्डलाई यसपटक बालोन डी’ओरको एक दाबेदार खेलाडी मानिएको छ ।

Advertisement

तर, उनले ट्रेबल जिते पनि मेसीले विश्वकप, फ्रेन्च सुपर कप र लिग वान जितेकाले मेसीले नै बालोन डी’ओर जित्ने टिप्पणी भइरहेका छन् । मेस्सीले गत सिजन पीएसजीका लागि ३२ गोल गर्दा २५ गोलका लागि असिस्ट दिए । फुटबल विज्ञहरूका अनुसार विश्वकपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकै कारण पनि मेस्सीले बालोन डी’ओर जित्नेछन् ।

कतारमा भएको विश्वकप जित्दा मेस्सीले सात गोल गरेका थिए, उनी विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । विश्वचर्चित फुटबल प्रशिक्षक पेप ग्वार्डिओला अहिले म्यानचेस्टर सिटीका प्रशिक्षक छन् । यसअघि ग्वार्डिओलाले बार्सिलोनामा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए ।

Advertisement

उनले प्रशिक्षण दिइरहेका हालान्ड बालोन डी’ओरको दौडमा छन् भने उनले प्रशिक्षण दिइसकेका खेलाडी मेसी पनि यसपटक आठौँ बालोन डी’ओर जित्ने होडमा छन् । यस्तोमा हालान्ड र मेस्सीलाई नै प्रशिक्षण दिइसकेका ग्वार्डिओलाले यसपटकको बालोन डी’ओर कसले जित्छन् भनेर धारणा राखेका छन् ।

मेसी र हालान्डमा कसले बालोन डी’ओर जित्नुपर्छ भनेर सोधिएको प्रश्नमा उनी भन्छन्, ‘मेसीका लागि सबैभन्दा खराब सिजन बाँकी खेलाडीहरूका लागि उत्कृष्ट हुन जान्छ । यसपटक हालान्ड र मेसी दुवै बालोन डी’ओरका लागि योग्य छन् ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top