विश्वकप छनोटको हरेक रनमा अर्नाले पुरस्कार दिने

१२ कात्तिक ८०, आइतबार
Share this
662shares

१२ कार्तिक , काठमाण्डौ ।
आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट सुरु हुँदैछ। मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । जसमा नेपालले भोलिको उद्घाटन खेलमा सिंगापुरविरुद्ध खेल्ने छ ।

Advertisement

यो टिमलाई थप उत्साह प्रदान गर्नका लागि अर्ना बियरले नेपाली खेलाडीहरुलाई हरेक रन र विकेटका लागि पुरस्कारको घोषणा गरेको छ । क्रिकेट प्रतियोगिताहरुमा नेपाली खेलाडीको मनोबल बढाउनका लागि यसअघि पनि पुरस्कार दिदै आएको अर्नाले नेपाललाई विश्वकपमा पुर्याउन खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न पहिलो तीन खेलका लागि पुरस्कार घोषणा गरेको छ ।

जसमा अर्नाले
प्रत्येक रन स्कोरः १ हजार
प्रत्येक ४ हिटः १० हजार (प्रत्येक रन स्कोरमा अतिरिक्त)
प्रत्येक ६ को हिटः २० हजार (प्रत्येक रन स्कोरमा अतिरिक्त)
प्रत्येक डट बलः १ हजार
पहिलो ओभरः १० हजार
प्रत्येक विकेट लिएकोः २५ हजार प्रदान गर्ने घोषणा गरेको छ । अर्नाले भनेको छ। टीम नेपाल –खेल्छ मज्जाले । प्रिय टिम नेपाल ! टि २० विश्वकप छनोट २०२३ को लागि हामी तपाईलाई शुभकामना दिन्छौं! हाम्रो अटल समर्थन र हौसला देखाउनको लागि अर्ना टोली र सबै नेपाली फ्यानहरूको तर्फबाट इशाराको रूपमा, हामी हाम्रो युवा र गतिशील क्रिकेट टोलीले खेल्ने पहिलो तीन खेलहरूको पुरस्कारहरुको घोषणा गर्दछौ ।

Advertisement

नेपालका तर्फबाट रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिनेछ । जसमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी रहेका छन् ।

भर्खरै सम्पन्न त्रिदेशीय श्रृखंलामा मैदान बाहिर रहेका सन्दीप लामिछानेले विश्वकप छनौट खेल्नेछन् । नेपाल पहिलो खेल सिंगापुरसँग कात्तिक १३ गते त्रिवि मैदानमा विहान ९ बजेदेखि खेल्नेछ । दोस्रो खेल मलेसियासँग कात्तिक १४ गते त्रिवि मैदानमा दिउँसो १ः१५ बजे खेल्नेछ भने तेस्रो खेल ओमानसँग कात्तिक १६ गते त्रिवि मैदानमा विहान ९ बजेदेखि खेल्ने तालिका छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top