Nepal Times
Nepal Times
324
Shares

विराटनगरमा पहिलोपटक ‘च्यारिटेबल पेट फेसन शो’ हुँदै

विराटनगरमा पहिलोपटक ‘च्यारिटेबल पेट फेसन शो’ हुँदै

१२ कार्तिक ,विराटनगर ।

विराटनगरमा पहिलोपटक घरपालुवा जनावरको फेसन शो हुने भएको छ । सडकबाट उद्धार गरिएका जनावरहरुका लागि एक आश्रय गृह बनाउने हेतुले एनजिओ एलिनाज जनावर संरक्षण नेपाल, मोरङको आयोजनामा परोपकारी कार्यक्रमको रुपमा ‘पेट फेसन शो’ को आयोजना गर्न लागिएको हो ।

कार्यक्रम यही कार्तिक २३ गते बिहीबार आयोजना हुँदैछ । यो कार्यक्रम च्यारिटी इभेन्ट भएकाले यस कार्यक्रम मार्फत उठ्ने सम्पूर्ण सहयोग रकम सडकमा बेवारिसे रुपमा छाडिएका र अशक्त जनावरहरुका लागि आश्रय गृह बनाउनमा खर्च गरिने एलिनाज जनावर संरक्षण नेपाल, मोरङकी अध्यक्ष एलिना प्रसाईँले बताइन् ।

मानव र जनावरको सम्बन्धलाई थप बलियो बनाउन उक्त कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कार्यक्रमा सहभागी हुन आफ्नो घरमा पालेका कुकुर, बिरालो वा अन्य जनावरहरुलाई निःशुल्क सहभागी गराउन सकिनेछ । जनावरहरुलाई रनवेमा आफ्नो मालिक वा ट्रेनरसँग हिँडाइनेछ । कार्यक्रम अघि ट्रेनिङ पनि दिइनेछ ।

सबै सहभागी जनावरहरुलाई उपहारहरु पनि प्रदान गरिनेछ । कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि रजिस्ट्रेशन खुला रहेको र कार्यक्रम विराटनगर–१२ स्थित कञ्चनजंगा ब्यानक्वेटमा यही कार्तिक २३ गते बिहीबार आयोजना हुँदैछ ।

विराटनगर–९ मा रहेको जनावरहरुका लागि विभिन्न उद्धार तथा संरक्षण कार्य गर्दै आइरहेको एनजिओ एलिनाज जनावर संरक्षण नेपाल, मोरङले विगत लामो समयदेखी सडकमा बेवारिसे, घाइते, अशक्त जनावरहरुको उपचार, उद्धार तथा खोप अभियानहरु आयोजना गर्दै आइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.