तोलामा पाँच सय रूपैयाँले घट्यो सुनको भाउ

१२ कात्तिक ८०, सोमबार

१३ कात्तिक, काठमाण्डौ ।

स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले सस्तिएको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार थियो।त्यस्तै, सोमबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार नौं सय ५० तोकिएको छ।आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रूपैयाँ तोकिएको थियो।

Advertisement

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० तोकिएको छ। आइतबारको तुलनामा चाँदी पाँच रूपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top