Nepal Times
Nepal Times
72
Shares

एप्पलको नयाँ म्याकबुक प्रो कस्तो छ ? कति छ मूल्य ?

एप्पलको नयाँ म्याकबुक प्रो कस्तो छ ? कति छ मूल्य ?

१४ कार्तिक, एजेन्सी ।
एप्पलले एम ३ चिप भएको नयाँ म्याकबुक प्रोको लाइनअप घोषणा गरेको छ । एप्पलले एम३, एम३ प्रो र एम३ म्याक्स सार्वजनिक गरेको हो । १४ इन्चको एम ३ म्याकबुकको सरुवाती मूल्य १ हजार ५९९ अमेरिकी डलर ( नेपाली २ लाख १२ हजार रुपैयाँ भन्दा बढी) रहेको कम्पनीले जनाएको छ ।एम ३ म्याक बुक १४ र १६ इन्चमा विभिन्न ७ रंगमा उपलब्ध हुनेछन् ।

यो मेसिन लर्निङ प्रोग्रमर, थ्रीडी आर्टिस्ट र भिडियो इडिटरका लागि काम गर्न सहज हुने ‘मल्टिटास्किङ’ डिभाइस हुने एप्पलले जनाएको छ । नयाँ म्याक बुक प्रो मोडलमा २० प्रतिशत उज्यालो हुने एसडिआर कन्टेन्टसहितको लिक्विड रेटिना एक्सडीआर डिस्पेल, बिल्ट इन १०८० पिक्सल्सको क्यामरा, ६ वटा स्पिकर साउण्ड सिस्टम र विभिन्न ‘कनेक्टिभिटी अपसन’ रहनेछ ।

यो म्याकबुकको ब्याट्री लाइन २२ घण्टा रहेको कम्पनीले जनाएको छ । इन्टेल बेस्ड म्याकबुकभन्दा एम ३ म्याकबुक अपग्रेड गर्ने प्रयोगकर्ताले ‘गेम चेन्जिङ एक्सपिरियन्स’ महसुस गर्ने कम्पनीको दाबी छ । नयाँ म्याकबुक प्रोको अर्डर आजबाटै गर्न सकिने र यो नोभेम्बर ७ बाट उपलब्ध हुने एप्पलले जनएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.