१६ कार्तिक, काठमाण्डौ ।
सुनको भाउ आज ७ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १५ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।