सिंहदरबारभित्र अनुमति बिना फोटो खिच्न र टिकटक बनाउन नपाईने

१६ कात्तिक ८०, शुक्रबार

१७ कार्तिक, काठमाण्डौ ।
सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो ।

पछिल्लो समय सिंहदरबार भित्रका बगैँचा तथा भिआइपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार बिना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

अनुमति लिएर मात्र फोटो खिच्न पाइने बताउँदै तामाङले मिडिया तथा सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्न फोटो भिडियो खिच्न भने रोक नलगाइएको जानकारी दिए । डिएसपी तामाङले भने– ‘भिआइपीहरू ओहोर दोहोर भइरहने देशको मुख्य प्रशासनिक केन्द्र, मन्त्री, प्रधानमन्त्री कार्यालय अगाडि जो पनि आउने फोटो खिच्ने, टिकटक बनाउने गर्छन् ।

Advertisement

भिआइपी आएको बेला फोटो खिच्ने, टिकटक बनाउनेका लागि सिट्ठी फुकेर हटाइरहनुपर्ने अवस्था भएपछि सचेत होउन् भनेर ठाउँ–ठाउँमा सूचना बोर्ड पनि राखेका छौँ । सुरक्षा संवेदनशील क्षेत्रमा अनुमति बिना यस्ता कामहरू गर्न रोक लगाएका हौँ । समाचार प्रयोजनका लागि सञ्चारमाध्यमलाई भने रोक लगाइएको छैन ।’

प्रहरीले संवेदनशील क्षेत्रमा गएर टिकटक बनाएको, फोटो खिचेको सिसीटिभीबाट तथा स्थलगत रूपमा पनि मोनिटरिङ गर्ने गरेको छ । यसअघि गत जेठमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा पोशाक लगाएर टिकटक नबनाउन निर्देशन दिएको थियो ।

Advertisement

कार्यालय समयमा कार्यालयको पोशाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top