बिदेसिने धुनमा रहेका बेरोजगार युवाको दिनहुँ ५० लाख लुट !

बिदेसिने धुनमा रहेका बेरोजगार युवाको दिनहुँ ५० लाख लुट !

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ।वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्य मात्रामा हुने गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको सुरुको साउनमा मेनपावर र तिनका ऐजेन्टले १० करोड ८९ लाख रुपैंयाँ ठगेको भन्दै उजुरी परेको छ।

बेरोजगार ठग्ने मेनपावरको तुलनामा एजेन्ट अगाडी छन्। साउन मेनपावर(संस्थागत) ठगेको भन्दै ५ करोड ८ लाख रुपैंयाँ दावी गरिएको छ।त्यस्तै बेरोजगारबाट व्यक्तिगत९एजेन्ट० तबरले ५ करोड ८१ लाख रुपैंयाँ ठगी भएको भन्दै विभागमा उजुरी परेको छ। सरकारले वैदेशिक रोजगारका क्रममा हुने ठगी रोक्न अनेक प्रयास गरे पनि यसमा सुधार आउन सकेको छैन्। पछिल्लो समयमा रोजगारीमा जानेको संख्या घटे पनि ठगी धन्दा बढिरहेको छ।

सरकारले बैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्ने प्रयास गरेपनि यसमा सुधार आउन सकेको छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि ठगी धन्दा बढीरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.