×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

नेपालमा भूकम्पको क्षतिप्रति सी जिङपिङ स्तब्ध /पुटिनले पठाए सहानुभूति सन्देश

१९ कार्तिक २०८०

१८ कार्तिक,एजेन्सी ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले कर्णाली प्रदेशमा गएको भूकम्पबाट ठूलो जनधनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै सीले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । सीले विपदमा नेपाललाई आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताएका छन् । शनिबारै चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि समवेदना व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

शनिबार राजदूत सोङले चीनले सो भूकम्पपीडितका निम्ति १० करोड रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका थिए । यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा डेढसय भन्दा धेरैको मृत्यु र सयौँ घरमा क्षति पुगेको छ । यस्तोमा राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश पठाउँदै यस दुःखद क्षणमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताएका थिए ।

यता सरकारले जाजरकोट भूकम्पबाट मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार सरकारले भूकम्पमा परी घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको छ । प्रभावित परिवारलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ । सरकारले छिमेकी देशसहित दातृ निकायबाट औपचारिकरूपमा प्राप्त हुने सहयोगलाई स्वीकार गर्ने निर्णयसमेत गरेको छ । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top