Nepal Times
Nepal Times
45
Shares

आज नेप्सेमा २१ अंकको गिरावट

आज नेप्सेमा २१ अंकको गिरावट

१९ कात्तिक,काठमाडौँ ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.४६ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६ अंकमा आइपुगेको हो ।

परिसूचक २१ अंकले घट्दा आज ९७ करोड २३ लाख रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ३५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज एनआईसी एसिया लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । परिसूचक २१ अंकले घट्दा होटेल र टुरिजम समूहको सूचक १८ अंकले बढ्नुबाहेक सबै समूहको सूचक घटेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.