१९ कार्तिक,काठमाण्डौ ।
नेपालका तीव्र गतिका बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा उत्कृष्ट भएका गुल्सनले मोटरसाइकल पाए । गुल्सनले प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए ।
सिंगापुरविरुद्ध २ विकेट लिएका उनले मलेसिया र ओमानसँग १–१ विकेट लिएका थिए । सर्वोत्कृष्ट वापत गुलशनले पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् । ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए । घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए ।
ओमानका विलाल खान उत्कृष्ट बलर घोषित भए । विलालले ५ खेलमा ११ विकेट लिएका थिए । ओमानलाई उपाधि जिताउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए । यस्तै आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबीचको फाइनल खेलमा दर्शकले पनि पुरस्कार जित्ने अवसर रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले क्याच पक्रने दर्शकलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । यसका लागि दर्शकले छक्का आएको बल एक हातले स्पष्ट रूपमा क्याच गर्नुपर्नेछ ।