Nepal Times
Nepal Times
396
Shares

फेरि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर 5.8 रेक्टर स्केलको भूकम्प

फेरि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर 5.8 रेक्टर स्केलको भूकम्प

२० कार्तिक,काठमाण्डौ ।
जाजरकोटमा फेरि भूकम्प गएको छ । आज सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् । बजारमा मानिसहरू चौतारामा जम्मा भएका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको ज्यान गएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.