NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

कोप–२८ कालागि प्रधानमन्त्री प्रचण्ड युएई जाने

शुक्रबार कार्तिक २४ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
माधवले नक्सा उठाए,देउवाले शुभकामना दिए, प्रचण्डले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ कार्तिक, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो ।

त्यसका लागि वन तथा वातावरण मन्त्रालयले पनि पूर्वतयारी अघि बढाएको छ । पूर्वतयारीका सम्बन्धमा मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका विकास व्यवस्थापन विज्ञ डा. पपुलुर जेन्टलले कोप–२८ मा प्रधानमन्त्री सहभागी हुने जानकारी गराए ।

‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञ सम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ,’ उनले भने । नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र वा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ ।

Advertisement

सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औं सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा स्कटल्याण्डमा भएको २७ औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

कोप–२८ सम्मेलनमा नेपालको पेभेलियनसमेत रहने छ । यसअघिका सम्मेलनमा नेपालको आफ्नै पेभेलियन हुने गर्दैनथ्यो । तर यसपटक पहिलोपटक नेपालको आफ्नै पेभेलियन रहने र उक्त पेभेलियनमा ३० भन्दा बढी क्षेत्र र विषयबारे प्रस्तुति हुने मन्त्रालयले जनाएको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको भन्दै नेपाल उत्साहित समेत छ । ‘यसपटक टेबल ठटाएर कुरा राख्ने हो । हाम्रा छ अलग–अलग विषयका कार्यपत्र सशक्त रुपमा विश्वलाई सुनाउने हो’ वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले भने ।

मन्त्रालयका अनुसार कोप–२८ सम्मेलनमा नेपालको सहभागीता र नेपालले उठाउने एजेण्डाबारे तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारी अन्तर्गत मन्त्रालयले सातै वता प्रदेशमा अन्तर्क्रिरया गरी सुझावसमेत संकलन गरिसकेको छ ।

मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. बुद्धिसागर पौडेलका अनुसार सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण गरी ६ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव संकलन गरिएको जानकारी दिए ।

Tags: #कोप–२८#प्रधानमन्त्री प्रचण्ड युएई जाने

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.