×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

कस्तो छ अहमदाबादको पिच ? अनि मौसम ?

३ मंसिर २०८०

३ मंसिर,एजेन्सी ।
विश्वकै सबैभन्दा धेरै दर्शक अट्ने अहमदाबादको नरेन्द्र मोदी स्टेडियम आज आफ्नो इतिहासकै सबैभन्दा ठूलो म्याच आयोजना गर्दैछ । एकैसाथ सवा लाख दर्शक क्षमता भएको यो स्टेडियमको पिचको पनि यो पहिलो ठूलो परीक्षा हो । अहमदाबादको पिच ब्याट्सम्यानहरूका लागि उपयोगी छ, तर यसले बलरहरूलाई पनि मद्दत गर्छ ।

यहाँ बीचको ओभरमा स्पिनरहरूलाई केही राहत मिल्छ । यो विश्वकपको पाँचौं खेलका रुपमा फाइनल हुँदै छ । हालसम्म भएका ४ खेलमा पछ्याउने टोलीले ३ र पहिले ब्याटिङ गर्ने टोलीले १ खेल जितेको छ । यहाँ हालसम्म खेलिएका ३० एकदिवसीय खेलमा १५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् ।

Advertisement
Advertisement

पछ्याउने टोलीहरूले १५ खेलमा जित हासिल गरेका छन् । पहिलो इनिङ्सको औसत कुल स्कोर २ सय ४३ रन बनाउँदा यहाँ टिमको उच्चतम स्कोर ३ सय ६५ रन हो, जुन सन् २०१० मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो । सबैभन्दा कम स्कोर ८५ रन हो । जुन २००६ मा जिम्बाब्वेले वेस्ट इन्डिजविरुद्ध बनाएको थियो ।

भारतले अहमदाबादमा १९ एकदिवसीय खेल खेलेको छ । टिमले ११ खेलमा जित निकाल्दा ८ खेलमा हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले नौ खेलमध्ये पाँचमा जित र चार हार बेहोरेको थियो । पछ्याउने क्रममा, भारतले १० मध्ये चार खेलमा हार ब्यहोर्दा ६ खेलमा जित निकालेको छ । अस्ट्रेलियाले अहमदाबादमा अहिलेसम्म ६ एकदिवसीय खेल खेलेको छ ।

जसमा ४ जित र २ हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोरेको थियो । पछ्याउने क्रममा दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको थियो । आज अहमदाबादको मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना छैन । दिनभर राम्रो घाम लाग्नेछ ।

यस अवधिमा हावाको गति ७ किलोमिटर प्रतिघण्टा रहने छ । तापमान २० देखि ३३ डिग्री सेल्सियस सम्म हुन सक्ने सम्भावना रहेको छ । यसबीच फाइनल खेलअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिन्नीले भारतले उपाधि जित्ने आशा व्यक्त गरेका छन् ।

तर, पाँच पटकको विजेता अस्ट्रेलियाली टोलीलाई हल्का रूपमा लिन नहुने पनि उल्लेख गरेका छन् । भारतको अहमदाबादमा मिडियासँग कुरा गर्दै रोजर बिन्नीले भनेका छन्, ‘भारतीय टोलीले जारी विश्वकपमा अहिलेसम्म निकै राम्रो खेलेको छ । हामीले अहिलेसम्म सबै खेल जितेका छौँ, जुन विश्वकपमा रेकर्ड हो ।

मलाई विश्वास छ– राम्रो प्रदर्शन गरिरहेको भारतले आजको खेल अझ धेरै राम्रो खेल्नेछ । तर तपाईंहरू अस्ट्रेलियालाई हल्का रूपमा नलिनुहोला । ऊ पाँचपटक विश्व च्याम्पियन भइसकेको टोली हो । तर पनि भारतले खेल जित्नेमा हामी आशावादी छौँ।’

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top