भारतको सपना चकनाचुर,कंगारुसँग फाइनलमा कसरी चुक्यो ?

३ मंसिर ८०, सोमबार

४ मंसिर,एजेन्सी ।
आयोजक भारतलाई उसकै घरमा हराउँदै अष्ट्रेलियाले आइसीसी एक दिवसीय विश्वकपको उपाधि पुनः छैटौं पटक कब्जा गरेको छ । आइतबार अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो । अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो ।

भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेटको क्षतिमा ४३ ओभरमै पूरा गरेको थियो । अष्ट्रेलियालाई च्याम्पियन बनाउन ट्राभिज हेडले शतकीय पारी खेलेका थिए । उनले १३७ रन बनाएर आउट भएका थिए । १२० बल खेलेका उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै मार्नुसले अविजित अर्धशतकसहित ५८ रन र म्याक्स वेल २ रनमा अविजित रहे । त्यस्तै डेभिड वार्नर ७, मिचेल मार्स १५ र स्टिभ स्मिथ ४ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यसअघि भारतले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

Advertisement

अष्ट्रेलियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशतक प्रहार गरे । राहुलले ६६ र विराटले ५४ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित शर्मा ४७, शुभम गिल ४, श्रेयस लैयर ४, रविन्द्र जडेजा ९, सूर्यकुमार यादव १८, मोहम्मद सामी ६, जसप्रित बुमराह १, कुल्दीप यादव १० र मोहम्मद सिराज ९ रनमा अविजित रहे ।

भारतीय खेलाडी पहिलो इनिङ सकिँदै निराश देखिन्थे । उनीहरूले सोचेजस्तो रन बनाउन सकेका थिएनन् । जुन स्कोरमा रक्षा गर्न चुनौती भएको उनीहरूको मुहारले देखाउँथ्यो । यस्तै भारतीय बलरहरुले समेत हिजोको खेलमा आफ्नो जादु देखाउन सकेनन् । कम स्कोरमा बलरबाट आशा गरिएपनि विकेट पतन हुन् नसक्नु नै भारतको हारको मुख्य कारण बन्यो ।

अष्ट्रेलियाली ब्याटरसामू भारतीय स्टार बलरहरु पनि फिका बनेका थिए । यसपटक भारतलाई बलियो दाबेदारको रूपमा हेरिए पनि तेस्रोपटक उपाधि जित्न भारत चुकेको छ । भारतले यसअघि १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । अस्ट्रेलियासँग हारेपछि भारतीय क्रिकेट फ्यान निकै निराश भएका छन् ।

भारतीय फ्यानले यो रुनुपर्ने विषय भएको प्रतिक्रिया दिएका छन् । भारतीय टोलीले ठूलो विश्वास तोडेको उनीहरूले बताएका छन् । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने भारतीय क्रिकेट टिमको प्रशंसा गरेका छन् । मोदीले विश्वकपमा भारतले सम्झनयोग्य प्रदर्शन गरेको बताएका छन् । उनले भारतीय खेलाडीहरूको सिप र संकल्पको प्रशंसा गरेका छन् ।

मोदीले पूरै राष्ट्र खेलाडीहरूको साथमा रहेको पनि बताएका छन् । टिम उपविजेतामा चित्त बुझाउन बाध्य भएपनि विराट कोहली ‘मोस्ट कन्सिसटेन्ट प्लेयर’ बनेका छन् । प्रतियोगिताको सर्वाधिक रनकर्ता रहेका कोहलीले ११ खेलमा ७६५ रन बनाए । उनले यसक्रममा तीन शतक र ६ अर्धशतक प्रहार गरे ।

विराटपछि सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतीय टिमकै कप्तान रोहित शर्माले ५९७ रन बनाए । यस्तै, भारतीय टिमकै बलर मोहम्मद सामी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । सामीले सात खेल खेल्दा २४ विकेट लिए । सामीपछि दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका एडम जाम्पाले २३ विकेट लिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top