हमासको कब्जामा रहेका विपिनलाई अस्पताल लैजादै गरेको भिडियो बाहिरियो

४ मंसिर,काठमाण्डौ ।
इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडियो सार्वजनिक गरेको छ। आइडिएफले एक्स बाट सार्वजनिक गरेको भिडियोमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ।

भिडिओमा एक जनालाई डोहो¥याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ। आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ । हमासको नियन्त्रणमा रहेका नेपाली भने विपिन जोशी हुन् ।

यद्यपि उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ। द न्युयोर्क टाइम्सले उक्त दृश्य गाजाको अल–सिफा अस्पतालको रहेको पुष्टि गरेको छ। गएको अक्टोबर ७ मा बिहान हमासले गाजापट्टी सिमानातर्फको इजराइली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो।

सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। हमासले त्यसदिन इजराइली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गाजापट्टी लगेका थिए।

बन्धक मध्ये २ जनाको मृत्यु भएको छ भने ४ जनालाई हमासले रिहा गरेको छ । आइतबार रातिमात्रै आइडिएफले पनि विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गरेको छ।

आइडिएफको दाबी र दूतावासको विज्ञप्तिलाई आधार मान्दा हमासले घाइते अवस्थामा अस्पताल लगिएको नेपाली विपिन जोशी हुनसक्ने आकलन गरिएको छ। यता परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भिडियोमा देखिएको दृश्यबारे बुझ्ने प्रक्रियामा रहेको बताएकी छन् । अहिलेसम्म विपिन जोशीको अवस्था केहो भन्नेबारे कुनै भेउसमेत नपाएको अवस्थामा उक्त भिडिओले केही आशा जगाएको उनले बताएकी छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top