चीनमा रहस्यमयी महामारी,अस्पताल भरिए,स्कुल बन्द

७ मंसिर, एजेन्सी ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको नयाँ भाइरसको कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो । कोरोना भाइरसको महामारीको प्रभावबाट अझै विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको संकेत आइरहेको छ ।

चीनमा रहस्यमय निमोनिया रोग तीव्र गतिमा फैलिरहेको छ । विशेषगरी बालबालिकामा देखिएको यो रोगका कारण अस्पतालमा भीड बढ्दै गएको छ । जसका कारण बाल अस्पतालको अवस्था कठिन बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनले पनि एक विज्ञप्ति जारी गर्दै यसप्रति चिन्ता व्यक्त गर्दै मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

यससँगै विश्व स्वास्थ्य संगठनले चीनका स्वास्थ्य अधिकारीहरूलाई बालबालिकामा फैलिएको यो रोगबारे थप जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । इपिडिमियोलोजिस्ट एरिक फिगेल डिङले सामाजिक सञ्जालमा चीनमा अज्ञात निमोनियाको प्रकोप तीव्र गतिमा बढिरहेको बताएका छन् ।

बेइजिङका बाल अस्पतालहरू बिरामी बालबालिकाले भरिएका छन्। बेइजिङ बाल अस्पताल पूर्ण रूपमा बिरामी बालबालिकाले भरिएको छ। अवस्था जटिल भएपछि धेरै सहरहरूमा विद्यालयहरू बन्द गरिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन्।

एरिकले सेयर गरेको भिडियोमा अस्पतालमा ठूलो भीड देखिएको छ । मानिसहरू आफ्ना छोराछोरीको उपचारको लागि चिन्तित देखिन्छन्। उनले अहिलेसम्म यो रोगको औषधि पत्ता नलागेको बताएका छन् । उत्तरी चीनमा यो रोगको प्रकोप अझै उच्च छ।

यस रहस्यमय रोगबाट प्रभावित अधिकांश बालबालिका बेइजिङ र लिओनिङका अस्पतालमा आउने गरेका छन् । यो रहस्यमय निमोनियामा बालबालिकालाई फोक्सोमा संक्रमण देखिएको छ भने उच्च ज्वरो आउने गरेको छ । फोक्सोमा समस्याका कारण यस रोगका बालबालिकालाई सास फेर्न गाह्रो गरेको छ ।

खुल्ला पहुँच निगरानी प्लेटफर्म प्रोमेडले चीनमा फैलिएको यो निमोनियामा विशेष गरी बालबालिकालाई असर गर्ने यो रोग महामारीमा परिणत हुन सक्ने बताएको छ। निमोनियाको बढ्दो जोखिममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो श्वासप्रश्वास रोगको जोखिम कम गर्न मानिसले विभिन्न दिशानिर्देशहरू पालना गर्नुपर्ने बताएको छ।

साथै, डब्ल्यूएचओले चीनलाई बालबालिकामा निमोनियाको क्लस्टरको विस्तृत जानकारीको लागि थप जानकारी उपलब्ध गराउन आधिकारिक अनुरोध गरेको छ। डब्ल्यूएचओले अक्टोबरको मध्यदेखि उत्तरी चीनमा विगत तीन वर्षको सोही अवधिको तुलनामा इन्फ्लुएन्जाजस्ता रोगमा वृद्धि भएको जनाएको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top