आज सुनको भाउ स्थिर रहदाँ चाँदीमा गिरावट

७ मंसिर ८०, बिहीबार
Share this
728shares

७ मंसिर , काठमाण्डौं ।

Advertisement

आज बजारमा सुनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन भने प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्यमा भने गिरावट देखिएको छ।महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top