हमासको सुरुङ कतारसँग जोडियो / भित्र होटलको सुविधा

७ मंसिर, एजेन्सी ।
इजरायली सेनाले गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल शिफा मुनि एउटा ठूलो सुरुङको सञ्जाल फेला पारेको भिडियो सार्वजनिक गरेको छ। सार्वजनिक भिडियोमा हमासले अस्पताल मुनि बनाएको सुरुङको सम्पूर्ण नेटवर्क छ र यहाँबाट आफ्ना गतिविधि गरिरहेको देखिन्छ ।

इजरायली सेनाले अल शिफा अस्पतालको वरिपरि एकपछि अर्को सुरुङ फेला परेको बताएको छ, जुन यहाँ हमासको कमाण्ड सेन्टर रहेको प्रमाण हो। इजरायल डिफेन्स फोर्स, आईडीएफले सार्वजनिक गरेको भिडियोमा यो सुरुङ कतारको भवनमुनिबाट निस्किएको बताइएको छ ।

हमासको यो टनेल नेटवर्कमा लुक्नका लागि भूमिगत कोठाहरू बनाइएको छ। आइडीएफले अल शिफामा भेटिएको सुरुङको प्रवेशद्वार करिब ५५ मिटर पछि विस्फोट भएको गेटमा समाप्त भएको जनाएको छ। ढोका तोड्दा पछाडि वातानुकूलित कोठा, शौचालय, भान्छा र एउटा वार रुम पनि फेला परेको आईडीएफको दाबी छ ।

Advertisement

यति मात्र होइन, अस्पताल नजिकै अन्य दुईवटा टनेल शाफ्ट पनि भेटिएका छन् जसमध्ये एउटा सडकमा र अर्को १०० मिटर टाढाको भवनमा गएर खुलेको छ । इजरायली सेनाले यी सुरुङहरूमा धेरै प्रकारका हतियारहरू पनि फेला पारेको बताएको छ।

यी हेर्दा आइडीएफले यस्ता संकेतहरू पनि फेला पारेको छ कि हमासले अपहरणपछि अल शिफामा इजरायलीहरूलाई पनि बन्धक बनाएको देखिन्छ। इजरेली सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ कि भेटिएको सुरुङको सञ्जालले अस्पतालहरूलाई ढालको रूपमा प्रयोग गर्ने हमासको रणनीति देखाउँछ।

हमासले अस्पतालका भवनहरूलाई हतियार भण्डारण गर्न र आफ्नो कमाण्ड सेन्टरको रूपमा प्रयोग गरेको छ। यसअघि इजरेली सेनाको यो दावीलाई अन्तराष्ट्रिय समुदायले अस्वीकार गरेको थियो । तर अहिले सेनाले प्रमाण नै देखाइदिएको छ ।

रक्षा विज्ञहरूले पनि हमासको सुरुङ नेटवर्क कति ठूलो र राम्रोसँग निर्मित छ भन्ने कुरामा ध्यान दिइरहेका छन्। इजरायली सेनाको तर्फबाट हमासको सुरुङ नेटवर्कको तस्बिर सार्वजनिक गर्दै विभिन्न सुरक्षा अधिकारीहरुले समेत यो निकै ठूलो र अत्याधुनिक सुरुङ नेटवर्क भएको बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top