भोलिदेखि काठमाडौं बन्द गर्ने प्रसाईँको चेतावनी

६ मंसिर ८०, बिहीबार

७ मंसिर, काठमाडौं ।
विगतमा आरोपप्रत्यारोपको जुहारी खेल्दै आएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत र मेडिकल व्यवसायी तथा राजतन्त्र फिर्तीको अभियान चलाएका दुर्गा प्रसाईँले आज शक्ति प्रदर्शनमार्फत पनि एकअर्कालाई काउन्टर दिन भ्याए । तीनकुनेमा युवासंघ शक्ति देखाइरहँदा यता बल्खुमा प्रसार्इँको समूहले कार्यक्रम सकिएपछि पनि प्रहरीसंग भिड्न पुग्यो ।

Advertisement

निशेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले प्रसाइँका समूहमाथि अश्रु ग्यास र पानीको फोहारा हानेको थियो । सो क्रममा आन्दोलनकारीसंगै प्रहरी समेत घाइते भएका छन् । यसबीच दुर्गा प्रसाईँको अभियान र युवासंघले जानीजानी तनाव बढाउन एकअर्काको कार्यक्रम जुधाएको पनि चर्को आलोचना भयो । यसबारे दुवैले आआफ्नो भेलालाई सम्बोधन गर्दै स्पष्टीकरण समेत दिएका छन् ।

तीनकुनेमा आयोजित सभालाई सम्बोधन गर्दै युवा संघका ईन्चार्ज समेत रहेका बस्नेतले आफूहरूको कार्यक्रमका बारेमा गलत प्रचार गरिएको गुनासो गरे । ‘यो आन्दोलन कुनै व्यक्तिको विरुद्ध होइन्। मुलुकमा अराजकता प्रकट गर्ने अपराधी शक्तिहरू, सोसल मिडियामा अराजकता प्रकट गर्ने तत्वहरू र कतिपय भेलु बाजेको अवतारमा प्रकट भएका कथित वुद्धिजीवीहरू, यीनीहरूको साथ लिएर सकिएको राजतन्त्रलाई फेरि जोगाउन सकिन्छ भनेर धामी, झांक्री र बोक्सीहरू उचालेर दुर्गा प्रसाईं जस्ता बहुलठ्ठीहरूले, खुस्केटहरूले शुभारम्भ गरेको कार्यक्रमसँग हाम्रो कार्यक्रम जुधाउन खोजिएको छ, त्यो विल्कुल होइन,’ उनले भने।

Advertisement

साथै, उनले महंगी, भ्रष्टाचार र अनियमितताको विरोध स्वरुप आफूहरूले प्रदर्शन गरेको बताए । ‘उनले हामी महंगी, भ्रष्टाचार र अनियमितता, जनताका मुद्दाहरू एमालेको मुद्दा हुनुपर्छ भनेर लागेका हौं,’ उनले भने । यता आफ्नो समूहले बल्खुमा आयोजना गरेको कार्यक्रममा जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले एमाले पार्टी वा यसका नेता महेश बस्नेतसँग भिड्ने आफ्नो उद्देश्य पनि नभएको र हैसियत पनि नभएको प्रतिक्रिया दिए ।

बरु उनीहरूले आफूहरूसँग भिड्न खोजेको आरोप उनले लगाए । ‘घर लुटिएका गरिब, सुकुमवासी न्याय माग्न काठमाडौँ आउँदाखेरि राति चेलिबेटी सुतेको ठाउँमा जाने १२ बजे । बलात्कार गर्न खोज्ने, लात्ताले हान्ने। उहाँहरूले गरिराख्नुभाछ। हामी भिड्या छैनौँ, म अहिलेसम्म भिड्या छैन’, प्रसाईंले भने, ‘उहाँहरूसँग मेरो भिड्ने हैसियत पनि होइन। म उहाँहरूसँग भिड्दिनँ, म उहाँहरूसँग तर्केर हिँड्छु।’

Advertisement

यस्तै बल्खुमा आफ्नो समूहको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताएका छन् । उनले भने,’यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ । यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो।’ उनले नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गरे । साथै प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए ।

‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु। तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस्। हिजो यिनै जनताले पु¥याएका हुन् त्यो ठाउँमा,’ उनले भने। उनले अब काठमाडौँ कब्जा गर्ने उनले चेतावनी दिए। उनले भने,’हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ। संसद् भवन कब्जा गर्नुपर्छ। हामीलाई चलाउने कोशिस भयो भने तपाईंहरुले काठमाडौँमा सबै दोकानहरु बन्द गराउनुपर्छ।’

यस्तै उनले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ÷नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे ।

प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ । यता महेश बस्नेतले दुर्गा प्रसाईंलाई भतिजको संज्ञा दिँदै पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका छन् । यस्तै बस्नेतले प्रधानमन्त्री नसच्चिए सिंहदरबारबाट निकाल्ने र पूर्वराजाले चुप लागेर नबसे देशबाटै निकाल्ने सम्मको धम्की दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top