आज नेप्सेमा ९.८७ अंकको वृद्धी

६ मंसिर ८०, बिहीबार

७ मंसिर,काठमाण्डौ ।
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ९.८७ अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ०.५३ प्रतिशतले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँ पुगेको छ।

यस दिन २९२ वटा धितोपत्रको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच भएको हो।बिहीबार बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४८ रूपैयाँ ५० पैसा पुगेको छ।यस्तै, थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य ८.५८ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३८१ रूपैयाँ १० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ८.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५१५ रूपैयाँमा झरेको छ। यस्तै, किसान लघुवित्तको सेयर मूल्य ५.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६६७ रूपैयाँमा सीमित भएको छ।बिहीबार नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।

Advertisement

उक्त कम्पनीको प्रतिकित्ता ५१५ रूपैयाँमा १३ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २८७ रूपैयाँ ९० पैसामा ९ करोड ५८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, लघुवित्त र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समूहको परिसूचक सर्वाधिक ०.७२ प्रतिशतले घटेको छ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top