हमासले गर्यो २४ बन्धक रिहा, कुन देशका कति रिहा भए ?

८ मंसिर ८०, शनिबार

९ मंसिर, एजेन्सी ।
इजरायल र हमासबीच चारदिने युद्धविराम सम्झौताको कार्यान्वयन शुक्रबारबाट सुरु भएको छ । इजरायल–हमास युद्धविराम सम्झौताको कार्यान्वयन सुरु भएसँगै गाजापट्टीमा इजरायलले सात हप्तादेखि चलाइरहेको सैन्य कारबाही अस्थायी रूपमा थामिएको छ । दुवै पक्षले बन्दीहरूको रिहाइ सुरु गरेका छन ।

युद्धविरामका यी चार दिनमा इजरायल र हमासले केही संख्यामा बन्धकहरू साटासाट गर्ने सहमति छ । सोही सम्झौता कार्यान्वयनको पहिलो दिन शुक्रबार हमासले १३ इजरायली रिहा गरेको छ । बदलामा इजरायलले केही प्यालेस्टिनी कैदीलाई इजरायली जेलबाट रिहा गर्ने कतारी मध्यस्थकर्ताले बताएका छन ।

हमासले भिन्दै प्रक्रियामा १० थाई र एक फिलिपिनी बन्धकलाई पनि रिहा गरेको छ । इजरायली अधिकारीका अनुसार हमासले रिहा गर्ने १३ बन्दीको बदलामा इजरायलले ३९ प्यालेस्टिनी कैदीबन्दी रिहा गर्नेछ । पहिलो चरणमा इजरायलले रिहा गर्ने ३९ प्यालेस्टिनीमा २४ महिला र १५ बालबालिका हुने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार हमासले रिहा गर्ने प्रत्येक एक बन्धकबराबर तीनजना प्यालेस्टिनी कैदी इजरायली पक्षबाट रिहा हुनेछन । चार दिनमा हमासले करिब ५० बन्धक रिहा गर्ने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यसपछि पनि अनुमानित एक सय ९० बन्धक अझै हमासको नियन्त्रणमै रहनेछन ।

अक्टोबर ७ मा हमासले इजरायलमा घातक हमला गरेयता इजरायली सेनाले गाजापट्टीमा आकाश, जमिन र समुद्रबाट निरन्तर हमला गरिरहेको थियो । इजरायलले स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि चार दिनका लागि सैन्य कारबाही अस्थायी रूपमा रोकेको हो ।

युद्धविराम सम्झौताको कार्यान्वयन सुरुवात भएसँगै मानवीय सहायता सामग्री बोकेका ९० वटा ट्रक र केही इन्धन बोकेका ट्रकहरू पनि रफाह क्रसिङबाट गाजा प्रवेश गरेको सिएनएनले लेखेको छ ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top