युक्रेनी आकाशमा रुसी ड्रोनको अहिलेसम्मै भारी वर्षा

१० मंसिर, एजेन्सी ।
इजरेल–हमासको युद्धले केही ओझेलमा पारेको रुस–युक्रेन युद्ध फेरि तातिएको छ । शनिबार रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको छ । उज्यालो हुनुअघिदेखि सुरु भएको विस्फोटको आवाज ६ घण्टासम्म आएको स्थानीयको भनाइ छ । रुसले युक्रेनतर्फ ७५ वटा ड्रोनद्वारा आक्रमण गरेको छ ।

तीमध्ये अधिकांश राजधानी किभको आकाशसम्म पुगेको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले ७४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले खसालिदिएको दावी गरेको छ । युक्रेनी सेनाले रूसले इरानी निर्मित शाहेद ड्रोनको ‘उच्च सङ्ख्या’ मा प्रक्षेपण गरेको जनाएको छ । राजधानी किभमा उक्त आक्रमणबाट विद्युत गृहहरूमा क्षति पुगेको बताइएको छ ।

विद्युत गृहमा भएका आक्रमणका कारण तापक्रम माइनसभन्दा तल झरेपछि शहरको मध्य भागमा विद्युत् कटौती भएको जनाएको छ । तत्कालिन सोभियत सङ्घका नेता जोसेफ स्टालिनको शासनकाल सन् १९३० को दशकमा युक्रेनमा लाखौं मानिस भोकमरीमा परेको दिनको सम्झनामा युक्रेनले होलोदोमोर स्मरण दिवस मनाइरहेको बेला ड्रोन आक्रमण भएको हो ।

Advertisement

’दुश्मनले युक्रेनमा उच्च सङ्ख्यामा ड्रोनमार्फत् आक्रमण गरेको छ । आक्रमणको मुख्य दिशा किभ रहेको छ,’ युक्रेनको वायु सेनाका कमान्डर जनरल माइकोला ओलेश्चुकले भने । वायु सेनाले ७५ मध्ये ७४ वटा ड्रोन खसालेको जनाएको छ । छ घण्टा सम्म चलेको हवाई आक्रमणमा राजधानीमा ११ वर्षीय बालकसहित पाँच जना घाइते भएका किभका अधिकारीहरूले बताएका छन् ।

किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोनको भग्नावशेष खसेपछि शहरका केही घरमा आगलागी हुनुका साथै भवनमा क्षति पुगेको बताएका छन् । यसैबीच, युक्रेन भ्रमणमा रहेका लाट्भियाका राष्ट्रपति एड्गार्स रिन्केभिक्सले आक्रमणका क्रममा किभको एउटा अँध्यारो बम सेल्टरभित्र रहेको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

आक्रमणपछि दर्जनौं भवनको विद्युत् कटौती भएको थियो तर युक्रेनको ऊर्जा मन्त्रालयले भने पछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको जनाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top