×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

भारतमा तीन सातादेखि ४१ कमदार सुरुङमा, किन भएन उद्यार

१० मंसिर २०८०

१० मंसिर,एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै देशमा निर्मित तिब्र गतिको लडाकु विमानमा उडान भरेको फोटो सार्वजनिक गरिरहँदा यता हिमाली राज्य उत्तराखण्डमा रहेको एक सुरुङमा फसेका ४१ कामदारको भने अझै उद्यार हुन सकेको छैन । आइतबार पनि भारतीय सैनिकले विशेष उपकरणसहित सुरुङभित्र फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् ।

कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरे पनि अहिलेसम्म सफलता हात लाग्न सकेको छैन । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका निम्ति तीन दिशाबाट खन्ने काम जारी राखिएको छ । भारतीय हवाई सेनाले तत्परताका साथ काम गरिरहेको आइतबार जनाएको छ ।

उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङमार्ग आंशिक रूपमा भत्किएपछि उद्धार कार्यका निम्ति सेनाले तत्परता देखाएको हो । इन्जिनियरहरूले ५७ मिटर चट्टान र कंक्रिटबाट धातुको पाइप तेर्सो रूपमा लैजाँदा सुरुङमा पुरिएका धातुका बिम र निर्माण सवारीहरूसँग ठोक्किएकाले उद्धारकर्मीले उक्त दुर्गम पहाडी स्थानमा ‘सुपरहिटेड प्लाज्मा कटर’ ल्याउन आग्रह गरेका छन् ।

कामदारसम्म पुग्नुभन्दा नौ मिटरअघि नै एउटा ठूलो बोरिङ मेसिन भाँचिएको थियो । हातले खन्ने काम जारी राख्नुअघि बोरिङ ड्रिल र तेस्रो मार्ग अवरुद्ध पार्ने धातु हटाउन प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिनेछ । भग्नावशेषमा मोटामोटा धातुका बिमले मार्ग बनाउने कामलाई अवरुद्ध पु¥याइरहेको छ ।

सीमित पाइपभित्रबाट ती बिमलाई हटाउन परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गर्न कठिन भएको छ । पाइपभित्र मात्र एक व्यक्ति घस्रनका निम्ति पर्याप्त चौडाइ छ । हवाई सेनाले धेरै विवरण उल्लेख नगरी ‘महत्त्वपूर्ण’ उक्त उपकरण मुलुकको रक्षा अनुसन्धान तथा विकास संगठनबाट आएको जनाएको छ । उक्त संगठन सरकारको रक्षा प्रविधि अनुसन्धान शाखा हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको शनिबार बताएका थिए । सुरुङमार्गभन्दा धेरै टाढाबाट पनि काम सुरु गरिएको छ । यो तेस्रो मार्ग करिब ४८० मिटर लामो रहेको अनुमान गरिएको छ । मंगलबार सुरुङभित्र फसेका कामदारलाई पहिलोपटक जीवित देखिएको थियो ।

उद्धारकर्मीले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पु¥याइएको थियो । भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top