पाकिस्तानमा बीआरआई परियोजना ध्वस्त पार्ने चेतावनी

११ मंसिर,एजेन्सी ।
तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले चीनको बेल्ट एण्ड रोड विकास परियोजनामा आक्रमण गर्ने धम्की दिएको छ। त्यसो नगर्नका लागि उनीहरुले आयोजना लागतको ५ प्रतिशत ‘कर’ माग गरेका छन् । एक भिडियो सन्देशमा तालिवानको गन्डापुर गुटका कमाण्डरले चीन–पाकिस्तान आर्थिक करिडोर सम्बन्धी सडक र रेलमार्ग लगायतका पूर्वाधार परियोजनाहरू ध्वस्त हुने चेतावनी दिएको पाकिसतानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पाकिस्तानको डेरा इस्माइल खानमा निर्माण मजदुरहरूलाई सम्बोधन गर्दै कमाण्डरले भनेका छन्, ’हाम्रो पाँच प्रतिशत कर जताततै छ।’ उनले कर नतिरे मेसिनरी र कर्मचारीलाई निशाना बनाइने चेतावनी समेत दिएका छन् । सन् २०१३ मा सुरु गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ चीनलाई बाँकी विश्वसँग जोड्ने नयाँ व्यापार मार्गहरू विकास गर्ने सी जिनपिङको महत्वाकांक्षी योजना हो।

अफगानिस्तान–पाकिस्तान क्षेत्रका सुरक्षा अनुसन्धान विश्लेषक अब्दुल सईदका अनुसार, ’टिटिपी भित्र जबरजस्ती फिरौती सामान्य अभ्यास भएको छ, जुन आफ्नो खर्च धान्न यस्तो पैसामा धेरै निर्भर छ।’ उनले थ पभनेका छन्, ’आतंकवादीहरूले अहिले मन्त्रालय, सरकारी अधिकारी, ठेकेदार र व्यवसायीहरूबाट पनि कर माग्न थालेको पछिल्लो प्रमाणले देखाएको छ।’

Advertisement

बीआरआईको रोड परियोजना चीनको पश्चिमी सिनजियाङ प्रान्तबाट सुरु हुन्छ र पाकिस्तानको दक्षिणपश्चिममा ग्वादर बन्दरगाहसँग जोड्छ। चीनको हितको रक्षा गर्न यहाँ हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ । पाकिस्तानमा चिनियाँ इन्जिनियर र कर्मचारीमाथि आक्रमण भइरहेको छ ।

२०२१ मा दासु बाँध स्थलमा कर्मचारी बोकेको बसमा विष्फोट भएको थियो । जसका कारण नौ चिनियाँ कामदारसहित १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानमा तालिबान सत्तामा आएपछि पाकिस्तानको तालिवान (टिटिपी) पनि बलियो बनेको छ । त्यसयता पाकिस्तानमा लगातार आक्रमण बढ्दै गएको छ । यी आक्रमणहरू सिधै अफगानिस्तानको सिमानाबाट भइरहेका छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top