जहाजपछि इजरायलको तेल ट्यांकर हुथीको कब्जामा

१० मंसिर ८०, सोमबार

११ मंसिर,एजेन्सी ।
इजरायलको एउटा ट्यांकर यमनको तटनजिकै नियन्त्रणमा लिइएको छ । एएफपीले अमेरिकी सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । यो ट्यांकर अज्ञात बन्दुकधारीले नियन्त्रणमा लिएका हुन् । यसअघि पनि यस ढुवानी मार्गमा यस्ता धेरै घटना भएका छन् ।

एएफपीले सामुद्रिक सुरक्षा कम्पनी एम्ब्रेलाई उद्धृत गर्दै भनेको छ– अमेरिकी नौसेनाहरू यस्तो अवस्थामा सक्रिय छन् । अमेरिकी अधिकारीहरूले घटनामा निगरानी राखिएको बताएका छन् । यो घटना सेन्ट्रल पार्क नामक तेल ट्यांकरसँग भएको हो ।

इजरायलको यो ट्यांकर बेलायतको एउटा कम्पनीले सञ्चालन गरेको हो । यमनका इरान समर्थित हुथी विद्रोहीले ट्यांकरलाई होडेडा बन्दरगाहतर्फ आउन आग्रह गरेका थिए र आदेश पालना नगरे आक्रमण गर्ने धम्की दिएका थिए ।

Advertisement

एएफपीका अनुसार सुरक्षा फर्म एम्ब्रेले अमेरिकी गठबन्धनमा समावेश भएका युद्धक विमानहरूले सेन्ट्रल पार्कमा सन्देश पठाएको र हुथीहरूको सन्देशलाई बेवास्ता गर्न आग्रह गरेको बताएको छ । यमनको बन्दरगाह सहर अडेननजिकै मानिसहरु यो ट्यांकरमा चढेको एम्ब्रेले बताएको छ ।

यसअघि बिहीबार राति भएको ड्रोन आक्रमणमा इजरायलको एउटा कार्गो जहाजमा क्षति पुगेको थियो । अमेरिकी अधिकारीहरूले यो हमला इरानद्वारा निर्मित शाहेद–१३६ ड्रोनले गरेको दाबी गरेका छन् । यस जहाजमा भएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

Advertisement

गत हप्ता हुथी विद्रोहीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित कार्गो जहाज कब्जा गरेका थिए । हुथी विद्रोहीले यो जहाज कब्जा गरेको भिडिओ पनि सार्वजनिक गरेका थिए । हुथी विद्रोहीहरूले यस क्षेत्रमा यात्रा गर्ने इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् । हुथी विद्रोहीहरूले प्यालेस्टिनीको समर्थनमा इजरायलसँग सम्बन्धित जहाजविरुद्ध यो कारबाही गरिरहेको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top