शरणार्थी प्रकरणमा आयो आदेशःको छुटे? को छुटेनन्

१४ मंसिर ८०, शुक्रबार

१५ मंसिर,काठमाण्डौ ।
बहुचर्चित शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ। उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले सदर गरेको हो।

थुनामै राख्न आदेश दिएकोमा रायमाझी, इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्। उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहाइको हकमा भने दुई जना न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशले मुद्दा हेर्ने भएका छन् ।

न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन् । दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् त्यही नै बालकृष्ण खाँणको हकमा लागु हुने पाटन उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिएका छन् ।

Advertisement

खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि तेस्रो न्यायाधीशको हातमा गएको हो । एकल इजलासले जसको राय ठीक भन्छ सोही बमोजिम हुने भट्टराईले बताए । शरणार्थी प्रकरणमा मुछिएका मुस्लिम आयोगका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

पाटनले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तै नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् । पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी टोपबहादुर रायमाझीका छोरा हुन् । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

Advertisement

७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ ।

उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । यस्तै काठमाडौँ जिल्ला अदालतको यसअघिको आदेश केशव तुलाधरको हकमा बदर भएको छ । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा धरौटीमा राख्ने जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू र उनीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top